- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इन्डोनेसियामा फेरि अर्को सुनामी आउने खतरा औंल्याइएको छ । अधिकारीहरुले फेरि सुनामी आउन सक्ने भन्दै सचेत रहन नागरिकलाई आग्रह गरेका छन् ।
सुन्डा स्ट्रेट तटीय क्षेत्रका बासिन्दालाई पुनः ज्वालामुखी बिस्फोट र सुनामी आउन सक्ने भन्दै सो क्षेत्र आसपास नबस्न अधिकारीहरुले चेतावनी दिएका हुन् ।
यसअघि आइतबारको ज्वालामुखी बिस्फोटपछि आएको सुनामीमा परेर मृत्यु हुनेको संख्या २ सय ८१ पुगेको छ ।
घाइते हुनेको संख्या १०१८ पुगेको छ । सुन्डा स्ट्रेट तटीय क्षेत्रमा आएको सुनामीमा परेर उनीहरुको मृत्यु भएको हो ।
सुनामीका कारण दर्जनौं भवन भत्किएका छन् ।