arrow

कार्यकर्ता पक्राउ गरेपछि अछाम कांग्रेसले ल्यायो कडा विरोधको कार्यक्रम

नेकपाले जीतेको चौरपाटी गाउँपालिकामा उमेर नपुगेकालाई जागिर दिएपछि आन्दोलन सुरु

logo
धनराज साउद
प्रकाशित २०७५ पुष ९ सोमबार
congress-achham-andolan.jpg

अछाम। नेपाली कांग्रेस अछामको आकस्मिक बैठकले जिल्लाका दश वटै स्थानिय तहमा चरणबद्द शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको छ।

जिल्लाको चौरपाटी गाँउपालिकामा नियम बिपरित कर्मचारी भर्ना गरेको भन्दै बिरोधमा उत्रिएका कांग्रेस अछामका कार्यकर्तालाई गैर कानुनी रुपमा थुनामा राखिएको भन्दै कांग्रेस अछामले चरणबद्द आन्दोलनको घोषणा गरेको हो। चौरपाटी गाउँपालिकामा भएका गैर कानुनी क्रियाकलापका बिरुद्द कांग्रेसले न्यायालयमा जाने पनि निर्णय गरेको छ।

शान्तिपूर्ण आन्दोलन अन्तर्गत जिल्लामा नाराजुलुस, ज्ञापन पत्र पेश, चक्काजाम र शिक्षण संस्था बन्द गर्ने लगायतका कार्यक्रम रहेका छन्। आन्दोलन तथा बिरोधका कार्यक्रम अन्तर्गत यहि पौष ९ गते जिल्ला प्रशासनमा ज्ञापनपत्र पेश, जुलुस र बिरोध सभा गर्ने, १० गते जिल्ला प्रशासन घेराउ गर्ने, ११ गते ईलाका प्रशासन कार्यालय घेराउ, जुलुस धर्ना, प्रत्येक स्थानिय तहमा धर्ना जुलुस, शैक्षिक संस्था बन्द लगायतका कार्यक्रम रहेका छन्।

यस्तै १३ गते जिल्लामा यातायात बन्द र १४ गते आम हड्ताल,बजार यातायात लगायतका सम्पुर्ण सेवा बन्द गर्ने कार्यक्रमको घोषणा गरिएको छ।

चौरपाटी गाउँपालिकाबाट आन्दोलन सुरु 
चौरपाटी गाउँपालिकामा १८ बर्ष उमेर नपुगेका व्यक्तिलाई कर्मचारी नियुक्त गरिएको भन्दै आन्दोलन सुरु भएको छ । नियम बिपरीत कर्मचारी भर्ना गरिएको भन्दै कांग्रेस अछामले आन्दोलनका कार्यक्रम घोषण गरेको छ भने चौरपाटि गाउँपालिकामा तालबन्दी र नाराजाजी गरिएको छ। नेपाली कांग्रेसका कार्यकर्ताले आईतबार गाउपालिका कार्यालयमा नाराबाजी र तालबन्दी गरेका हुन ।

चौरपाटी गाउँपालिकामा उमेर नपुगेका व्यक्तिलाई कर्मचारी नियुक्ता गरिएको भन्दै बिरोधमा उत्रिएका कांग्रेस कार्यकर्तालाई प्रहरीले पक्राउ गरेसँगै कांग्रेस अछामले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। नेपाली कांग्रेस अछामले जिल्लामा नाराजुलुस,ज्ञापन पत्र पेश, चक्काजाम र शिक्षण संस्था बन्द गर्ने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

चौरपाटी गाउपालिकाका अध्यक्ष हर्क बहादुर साउदले भने नियम संगत कर्मचारी भर्ना गरिएको दावी गरेका छन्। कर्मचारी भर्नामा मनपरि गरेको आरोप झुटो रहेको बताउदै अध्यक्ष साउदले १८ बर्ष उमेर पुरा भएका कर्मचारी भर्ना गरिएका बताए।

चौरपाटीमा नेकपाबाट निर्वाचित जनप्रतिनिधीको बहुमत रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ