arrow

शुक्रवार कांग्रेस महामन्त्री शशांक कोइराला बेलौरी आउँदै

logo
दीपेन्द्र बस्नेत 
प्रकाशित २०७५ पुष ११ बुधबार
sasank-new-pc.jpg.jpeg

पुनर्वास । नेपाली काँग्रेस क्षेत्र नम्बर १ कञ्चनपुरको क्षेत्रीय सम्मेलनको उद्घाटन गर्न नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला शुक्रबार बेलौरी आउने भएका छन् ।

नेपाली काँग्रेसले आयोजना गर्न लागेको  कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ स्तरीय सम्मेलनको उद्घाटन गर्न महामन्त्री कोइराला बेलौरी आउने कार्यक्रम तय भएको नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति गोपिप्रसाद उपाध्यायले बताए । 

शुक्रबार बेलौरीमा उद्घाटन गरिने सम्मेलन शुक्रवार र शनिबार दुई दिन चल्ने कार्यक्रम रहेको जनाइएको छ । सम्मेलनलाई सफलतापुर्वक सञ्चालन गर्न समितिहरु गठन गरि भव्य रुपमा कार्यक्रमको आयोजना गरिन लागेको क्षेत्रीय सभापति उपाध्यायले बताए । 

जिल्लाको दक्षिणी भेगको बेलौरीमा आयोजना गरिन लागेको नेपाली काँग्रेसको सम्मेलनमा महामन्त्री कोइरालाको आगमनको खबरले काँग्रेस कार्यकर्ताहरुमा उत्साह थपिएको छ । प्रमुख प्रतिपक्षीका रुपमा खुम्चिएको काँग्रेस बृतमा पुस १३ गते हुन थालेको सम्मेलनले पार्टी संगठन सुदृढीकरणमा महत्वपूर्ण रुपमा हेरिएको छ । 

जिल्लाको सिमान्त दक्षिणी भेगको बेलौरीमा पहिलो पटक आयोजना हुन थालेको सम्मेलन पार्टी संगठन एकढिको र बलियो बन्न महत्वपूर्ण रुपमा हेरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ