arrow

बहुविवाहका फरार अभियुक्त पक्राउ

logo
मुरली गोडिया
प्रकाशित २०७५ पुष १२ बिहिबार
Bahubibaha-pakrua.jpg

गुलरिया । बर्दियामा एक जना बहुविवाह मुद्धाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतको फैसलाले कैद तथा जरिवाना तोकिएका मधुवन नगरपालिका ७ निवासी ४० वर्षीय मानबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो । 

बर्दिया जिल्ला अदालतको आदेश अनुसार सजाय तोकिएका बहुविवाह मुद्धाका फरार अभियुक्तलाई पक्राउ गरिएको हो । 

घरमै लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ परेका तामाङलाई आवश्यक कारवाहीका लागि बर्दिया जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यलय बर्दियाका प्रहरी उपरिक्षक सुरेन्द्र प्रसाद मैनालीले जानकारी दिए । 

बर्दिया जिल्ला अदालतले पक्राउ परेका तमाङलाई २०७१ पौष २० गते ११ महिना १७ दिन कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ