arrow

बस्नेतको पार्थिव शरीरमा कांग्रेसको चारतारे झण्डा

logo
प्रकाशित २०७५ पुष १२ बिहिबार
nepali-congress-flag.jpg.jpeg

धनकुटा । नेपाली कांग्रेस धनकुटा नगरका नेता तथा धनकुटा नगरपालिका वडा नं.६ का निर्वाचित वडा सदस्य बेणु बस्नेतकी श्रीमती तथा नेपाल महिला संघ धनकुटा नगरकी सक्रिय सदस्य स्वर्गीय पदम कुमारी बस्नेतको  पार्थिव शरिरमा उनकै निवासमा नेपाली कांग्रेस धनकुटाले चारतारे झण्डा ओढाएर सम्मान गरेको छ ।

 नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्य विष्णु पौडेल, धनकुटा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष नेरेश श्रेष्ठ, नेपाली कांग्रेस धनकुटा नगर कार्यसमितिका उपसभापती तथा ६ नम्वर वडाका निर्वाचित वडा सदस्य मिलन खड्की, सचिव माधव भण्डारीले स्वर्गीय बस्नेतको पार्थिव शरिरमा पार्टीको चारतारे झण्डाएर सम्मान गरेका हुन् । 

धनकुटाको मुलघाट स्थित तमोर नदीमा उनको बुधबार अन्त्यष्टि गरिएको नेपाली कांग्रेस धनकुटा नगरकी नेतृ तथा निर्वाचि वडासदस्य हिरादेवी राईले जानकारी दिइन् । 

२०१७ साल मंसिर २३ गते जन्मिएकी बस्नेतका श्रीमान, दुई छोरा, एक छोरी नाती तथा नातीनीहरु छन् । उनी केही महिनादेखि नसा सम्वन्धी विरामी भै उपचार गराईरहेकी थिइन् । 

यसैगरी नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले धनकुटा नगरपालिका वडा नं.५ का समाजसेवी भूपू आर्मी दिप श्रेष्ठको बुधबार बिहान हृदयघात भै निधन भएकोमा शोक बिज्ञप्ती प्रकाशित गरी स्वर्गीय दिप श्रेष्ठ प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त  गरेका छन् । 

काँग्रेसले समाजसेवी तथा भूपू आर्मी धनकुटा नगरपालिका वडा नं. ५ निवासी दिप श्रेष्ठको बिहान निधन भएकोमा हार्दिक श्रद्धाञ्जली  व्यक्त गरेको छ  ।

विज्ञप्तीमा महिला कार्यकर्ता पदम कुमारी बस्नेत र समाजसेवी दिप श्रेष्ठको निधनले धनकुटा नगर र नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षति पुगेको उल्लेख गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ