arrow

‘थारू एकता हमार शान, शिक्षा भाषा संस्कृति पौर्हैटी लैजिना हमार अभियान’ 

प्रथम बेलौरी माघी मेला पुस २७ देखि  

logo
जुद्ध चौधरी,
प्रकाशित २०७५ पुष १३ शुक्रबार
tharu1.jpg

बेलौरी । पश्चिम नेपालमा थारूहरूको महान पर्व माघी संक्रान्तिको अवसर पारेर थारू कल्याणकारिणी सभा बेलौरी नगर समितिले पुस २७ गतेदेखि कञ्चनपुरको बेलौरीमा प्रथम बेलौरी माघी मेलाको आयोजना गर्ने भएको छ।

विहिवार बेलौरी स्थिति आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरि थारू कल्याणकारीणी सभाले कार्यक्रमबारे जानकारी गराएको हो । ‘थारू एकता हमार सान, शिक्षा भाषा सँस्कृति पौर्हैटी लैजीना हमार अभियान’ भन्ने मुल नाराका साथ बेलौरीमा पहिलो पटक बृहत् कार्यक्रमका साथ प्रथम बेलौरी माघी कार्यक्रमको आयोजना गरिन लागेको प्रचार प्रसार संयोजक कृष्ण गम्वाले जानकारी दिए ।

जातिय पहिचान, भाषा, धर्म तथा संस्कृतीको जगेर्ना तथा प्रचार प्रसार गर्ने मुख्य उदेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ। 

माघी मेला  पुस २७ गते देखि २९ गते सम्म तीन दिन सञ्चालन हुनेछ। कार्यक्रम सफल बनाउन विभिन्न उप समिति पनि गठन गरिएको छ। 

आर्थिक ब्यवस्थापनमा  रेशम चौधरी, संस्कृती ब्यवस्थापनमा दीनेश चौधरी, स्टल तथा झाँकी ब्यवस्थापनमा विक्रम चौधरी, सुरक्षा ब्यवस्थापनमा जगदिश चौधरी, मञ्च ब्यवस्थापनमा मनोज चौधरी, पार्किङ्ग ब्यवस्थापनमा सुरज चौधरी, स्वास्थ्य ब्यवस्थापनमा दीपेन्द्र चौधरी, कलाकार ब्यवस्थापनमा रमेश चौधरी, स्वागत सम्मान ब्यवस्थापनमा आरती चौधरी, प्रचार प्रसार ब्यवस्थापनमा कृष्ण गम्वा, अतिथि सत्कार ब्यवस्थापनमा महेश चौधरी र जनसम्पर्क ब्यवस्थापनमा पर्शुराम चौधरी को सँयोजकत्वमा उपसमिति गठन गरिएको छ।

 माघी मेलामा थारू खानाका परिकार बँगुरको मासु, माछा, ढिक्रि, सिन्की, बयरको चटनी, तिलको अचार, जाँडको झोल आदी उपलब्ध गराईने आयोजकले बताएको छ।

साथै कार्यक्रम अवधि भर थारू समुदायको कला सँस्कृती झल्किने झाँकी, मघौटा नाच, मुङ्ग्रह्वा नाच, झुम्रा नाच, थारू तथा गैर थारू कलाकारहरूको समेत प्रस्तुती रहने आयोजकले जनाएको छ। 

कार्यक्रमको उद्घाटन नेपाल सरकारका खानेपानी मन्त्री बीना मगरले गर्ने थारू कल्याणकारिणी सभा बेलौरी नगर सँयोजक खड्ग बहादुर चौधरीले जानकरी गराए ।

तीन दिनसम्म चल्ने उक्त कार्यक्रम अबधिभर बेल्डाँडी, बेलौरी र पुनर्वासका गरि दस हजार भन्दा बढीले कार्यक्रमको अवलोकन गर्ने आयोजकले बताएको छ। 

थारू कल्याणकारीणी सभाका केन्द्रीय सदस्य जीऊलाल चौधरी प्रमुख अतिथि रहेको सो पत्रकार सम्मेलन कार्यक्रममा विशिष्ट अतिथि थारू कल्याणकारीणी सभा कञ्चनपुरका उपसभापति सुनिता चौधरी र थारू कल्याणकारिणी सभा बेलौरी नगर सभापती खडक बहादुर चौधरी रहेका थिए । 

प्रचार प्रसार समितिका संयोजक कृष्ण गम्वाको सभापतित्वमा सम्मपन पत्रकार सम्मेलन कार्यक्रमको सञ्चालन था क स कञ्चनपुर जिल्ला सचिव रेशम चौधरीले गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ