arrow

करेन्ट लागेर बस धनीको मृत्यु

logo
सुरेश श्रेष्ठ,
प्रकाशित २०७५ पुष १३ शुक्रबार
current-socked.png

दाङ। दाङमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घोराही उप महानगरपालिका ६ चैनपुर स्थित घोराहीबाट जन्द्रागाउँतर्फ जादै गरेको रा१ख ४६८ नं.को बस रोकी सामान झार्ने क्रममा उक्त बसका धनी घोराही १७ बस्ने बर्ष २८ का शंकर चौधरी बिजुलीको तारमा छुईनगई करेन्ट लागेर मृत्यु भएको हो।

गम्भिर घाईते भएका चौधरीको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। यसैबीच दाङको लमही नगरपालिका ५ बसपार्कमा बेहोस अबस्थामा फेला परेका एक जनाको मृत्यु भएको छ। उनको सनाखत नभएको पुरुषको शब फेला परेको प्रहरीले जनाएको छ।

बेहोस अवस्थामा फेला परेका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। मृतक केही बर्ष देखि लमही क्षेत्रमा मागेर खाने बस्ने गरेको भन्ने बुझिएको प्रहरीको भनाई छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ