arrow

हत्या आरोपी मेयरले सफाई पाएपछि नगरपालिकाले दियो सार्वजनिक विदा 

logo
प्रकाशित २०७५ पुष १४ शनिबार
siyaram-kuswaha-mayor-maoist-kasinath-killer.jpg

काठमाडौं । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले जन्मकैदको फैसला सुनाएका रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाहलाई सर्वोच्च अदालतले सफाई दिएको खुशियालीमा नगर कार्यपालिकाले आइतबार सार्वजनिक विदा दिएको छ । हिन्दू यूवा संघका संस्थापक काशिनाथ तिवारीको हत्यामा दोषी ठहर गर्दै इजलाशले कुशवाहलाई जन्मकैदको फैसला सुनाएको हो। तर, उनलाई शुक्रबार सर्वोच्च अदालतले सफाई दिएको थियो ।

गत फागुन २८ गते नै फैसला सुनाईएको भएपनि हालसम्म अदालतको फैसला कार्यान्वयनका लागि कुनै कारवाही नभएको पाईएको छ। पर्सा जिल्ला अदालतले कुशवाहालाई सफाई दिएपछि स्वर्गीय तिवारीकी श्रीमती बवितादेवि तिवारीले पुन: जाहेरी दिएकी थिइन् ।

उनकै जाहेरीका आधारमा उच्च सरकारी वकिलको कार्यालय वीरगञ्जबाट दायर भएको पुनरावेदन उपर उच्च अदालतको वीरगञ्ज अस्थायी इजलासका न्यायधीसद्वय लेखनाथ घिमिरे र नारायणप्रसाद श्रेष्ठको संयुक्त इजलासले गत फागुन २८ गते नगर प्रमुख कुशवाहालाई जन्मकैदको फैसला गरेको हो ।

तर फैसला भएको लामो समय बित्दा पनि पनि प्रहरीले भने अझै सम्म माओवादीबाट निर्वाचित भएका मेयर कुशवाहलाई पक्राउ गरेको थिएन।

यस्तो छ नगरपालिकाले जारी गरेको विज्ञप्ती :



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ