arrow

झारो टार्न पिच माथि पिच, जनप्रतिनिधी र कर्मचारी कमिसनको खेलमा

logo
सुनिल आउजी,
प्रकाशित २०७५ पुष १५ आइतबार
road-problem.jpg

धनगढी। गोदावरी नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीहरु ठेकेदारसंग कमिसनको चक्रक्रले गर्दा सडक कालोपत्रे गरेको हप्ता नपुगदै भत्किएको छ। उक्त सडक सरस्वती मावि र गेटा आँखा अस्पताल जोड्ने सडक खण्ड हो, भने पुस महिनाको पहिलो हप्ता ३ सय ६० मिटर सडक कालो पत्रे गरेको थियो। सडको निमार्णको जिम्मा विनोद कन्ट्रक्सन प्रालिले पाएको थियो। १८ लाख ९८ हजार चार सय २० रुपैंया ५० पैशाको लागतमा सडक पिच गर्ने ठेक्का पाएको थियो।

सडक पूर्ण रुपमा निर्माण नहुँदै भत्किन थालेपछि स्थानीय आक्रोसित बनेका छन्। सडक निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग हुँदा सडक भत्किएको स्थानीयको आरोप छ। गोदावरी नगरपालिकाका मेयर र कर्मचारीको मिलोमतोमा आफ्नालाई ठेक्का दिएर कमिसन खाएपछि सडकको गुणस्तर खस्केको स्थानीयको आरोप छ।

१९ लाख बजेटमा निर्माण भएको सडक पुस महिनाको पहिलो हप्ता मात्रै कालो पत्रे भएको स्थानीय प्रकाश भट्टले जानकारी दिए। उनले दिउको जानकारी  अनुसार सडक निर्माण हुने क्रममा नै स्थानीयले गुणस्तरिय काम नभएको भन्दै विरोध गरे पनि कर्मचारीले वेवास्ता नगरेको प्रकाश भट्टले बताए। स्थानीय पुस्करबहादुर विष्टले जनप्रतिनिधी र नगरपालिकाका कर्मचारीले कमिसन खाएर सडकको गुणस्तरमा ध्यान नदिएको आरोप लगाएका छन्। 

उनले भने–‘ठेकदारले सेट भएको ग्राभेल खनेर गिट्टिनै प्रयोग नगरी त्यमाथी पिच गरे, नगरपालिकाका इन्जिनियरलाई सो कुराको जानकारी गराउँदा जान्ने भएको भन्दै उल्टै धम्काए।’पिच गर्दा अलिअली छर्केको गिट्टी समेत राम्रो संग रोलिङ नगरेको आरोप छ।

चिसो मौसममा सडक पिच गर्न उपयूक्त नै मानिदैन स्थानीय रमेश पालले भने–‘तर नगरपालिकाका मेयर, प्राविधिक र ठेकदारले त्यसलाई पनि ख्याल गरेनन्, कमिसनमै सवै गुमनाम भयो।’ कर्मचारीको चरम लापर्वाहीका कारण सडको दुर्दशा बनेको उनले बताए।

‘काम हुँदैगर्दा हामीले गुणस्तर नभएको भन्दै पटक–पटक ठेकेदार संगै इन्जिनियर दिपक शाह र मेयरलाई पनि जानकारी गराएका थियौ’ उनले भने–‘तर मेयर नै कमसिनको खेलमा परेका रहेछन, सडकको कुनै वास्ता नै गरेनन्।’  गोदावारी नगरपालिकाका इन्जिनियर दिपक शाहले पनि सडकको गुणस्तर खस्केको स्वीकारे। तापक्रम प्रयाप्त नहुँदा पिचमा प्रयोग हुने सामाग्री सेट नभएर पिच फुटेको हुन सक्ने उनले बताए।

पुस पहिलो साता सम्म तापक्रम ठिकै हुने अनुमानले पचि गर्ने अनुमति दिएको उनले स्वीकारे। ठेकदारलाई गुणस्तरमा ध्यान दिन भन्दा भन्दै लापर्वाही भएको उनको भनाई छ। गोदावारी नगरपालिकाका मेयर हरीसिंह साउँदले भने एक बर्ष सम्म सडकको जिम्मा ठेकेदारकै हुने भन्दै पञ्छिए। उनले एक बर्ष सम्म सडकको जिम्मा ठेकदारकै हुने भन्दै सो समयमा भत्किए भुक्तानी रोक्का गर्ने बताए।

तर ठेकदारले भने काम अगाडी नै आधा भन्दा बढी रकम भुक्तानी लगिसकेको बुझिएको छ।  झारो टार्न पिच माथी पुनः पिच गर्दै ठेकदार सडक कालो पत्रे गर्ने कार्यमा लापर्वाही भएको भन्दै चरम बिरोध भएपछि ठेकदारले पिच माथी पुन पिच गर्न थालेका छन्। बेस नै कमजोर भएको सडकमा ठेकदारले झारो टार्ने गरी पिच माथी पिच गर्न थालेको स्थानीयको आरोप छ। स्थानीयले सडक पुनस् निर्माण हुनुपर्ने माग गरेका छन्। सडक पुनः  निर्माण नभए गोदावारी नगरपालिका घेराउ गर्ने स्थानीयले चेतावनी समेत दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ