arrow

कञ्चनपुर नगरविकास समितिमा कांग्रेस सहित सत्तारुढ दलका यूवाहरुले लगाए ताला

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ पुष १५ आइतबार
talabandi-kanchanpur-yes.jpeg

कञ्चनपुर। महेन्द्रनगर नगर विकासको जग्गा लीज प्रक्रियामा भएको ज्यादती विरुद्ध प्रमुख प्रतिपक्षी कांग्रेस सहित नेकपाका युवा विद्यार्थीले महेन्द्रनगर नगरविकास समितिको कार्यालयमा तालाबन्दी गरेका छन्। 

आईतबार कांग्रेस निकट नेपाल तरुण दल, नेविसंघ, पूर्व एमाले निकट युवासंघ, अनेरास्ववियू र पूर्व नेकपा माओवादी केन्द्र निकट वाईसियल र अखिल क्रान्तिकारीले नगरविकास समितिको कार्यालयमा तालाबन्दी गरेका हुन् । नगरविकासको जमिन प्रक्रिया बिना नै लीजमा दिई पक्की संरचना बनाउन थालेपछि यहाँका स्थानीय आक्रोशित भएका थिए।

कार्यालयको मुल गेटमै तालाबन्दी गरेको युवा संघ कञ्चनपुरका नेता रामचन्द्र रेग्मीले बताए । उनले अवैधानिक रुपमा महेन्द्रनगर बजारमा धनाढ्यहरुलाई जमिन दिएको भन्दै तालाबन्दी गरिएको बताए । युवा संघका नेता रेग्मीले नगरविकासको रिर्जभ एरियामा जथाभावि कौडिका भाउमा जमिन वितरण गरिएकाले छानबिन गरी बनेका संरचना भत्काउन माग राख्दै तालाबन्दी गरिएको प्रष्ट पारे।

तीनै पार्टीका यूवा–विद्यार्थीले नगरविकास समितिको सम्पूर्ण जमिनमा अवैधानिक रुपमा बनेका संरचना भत्काउन समेत प्रशासन र भीमदत्त नगरपालिकालाई अल्टिमेटम दिएका छन् । उनीहरुले सरकारले नगरविकास समितिको जमिनमा बनेका घर नभत्काए आफै डोजर लगेर भत्काईदिने चेतावनी दिएका छन् ।

महेन्द्रनगर नगरविकास समितिका सदस्य सचिव मोहनदेव अवस्थीले नगरविकास समितिको ऐन २०५३ अनुसार काम कर्तव्य तोकिएको समितिले जमिन लीजमा दिनका लागि मन्त्रालको स्वीकृती लिनुपर्ने बताए। उनले उच्चस्तरिय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनमा जोडदिए। अतिक्रमण हटाउन र निर्माण कार्य रोक्नका लागि पटक पटक नगरविकास समितिबाट सुचना जारी गरिएको उनले बताए ।

उता खोकाछाप्रा उद्दार समितिका उपाध्यक्ष बिरादत्त जोशीद्वारा हस्ताक्षरित गरिएको प्रेस विज्ञप्तीमा विस २०५३ सालदेखि बस्दै आएको जनाउदै कानुन अनुसार नगरविकास समितिलाई भाडा तिरिरहेकै अवस्थामा जबरजस्ती २० जनालाई पक्राउ गरिएकोप्रति खेद प्रकट गरेको छ । यस अघि कञ्चनपुरका तीन राजनीतिक दलनिकट युवा–विद्यार्थीले अवैध संरचना रोकी महेन्द्रनगर नगरविकास समितिको सम्पूर्ण जमिन खाली गर्नुपर्ने माग अघि सार्दै जिल्ला प्रशासन र नगरपालिकालाई ज्ञापन पत्र बुझाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ