arrow

नेविसंघ धनकुटा बहुमुखी क्याम्पसमा करुणा

logo
प्रकाशित २०७५ पुष १५ आइतबार
karuna-nsu-dhankuta.jpg

धनकुटा। नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पस इकाई समितिको आज सम्पन्न १२ औं जिल्ला अधिवेशनबाट करुणा कटुवालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

कार्यसमितिको सचिवमा डिक वहादुर कार्की, सहसचिवद्धयमा शैलेस गिरी र रोशन न्यौपाने, कोषाध्यक्षमा रोचना कार्की र सदस्यहरुमा सन्देश गिरी, सुजन कार्की, रेवत थापा, रामेश्वर तिवारी, ममता थापा र सुमित्रा दाहाललाई चयन गरेको निर्वाचिन समितिका संयोजक विशर्ममान अमात्यले जानकारी दिए।

समितिका उपाध्यक्ष र अन्य सदस्यहरु कार्यसमितिले मनोनयन गर्ने निर्वाचन समितिका सदस्य परिवर्तन पौडेलले वताए।निर्वाचित पदाधिकारीहरुलाई नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,सदस्यहरु खेमराज पौडेल, लेखनाथ पौडेल, पूर्व जिल्ला सदस्य राजन पौडेल, नेविसंघका जिल्ला अध्यक्ष बालानन्द दाहाल, उपाध्यक्ष टेक वहादुर कुवर, विशर्ममान अमात्य, परिर्वतन पौडेल, निर्वतमान क्याम्पस अध्यक्ष सरोज धमला, नेपाल तरुण दल धनकुटाका उपाध्यक्ष युवराज पराजुली, क्षेत्रिय अध्यक्ष तिलक महत लगायत, पूर्व क्याम्पस उपसभापती तुलसी भट्टराई लगायतले शुभकामना तथा बधाई दिदै विद्यार्थीहरुले परिवर्तनलाई सस्थागत गर्न लाग्नुपर्ने वताए।

अधिवेशनको उद्घाटन नेपाली कांग्रेस धनकुटका सभापति अग्नी प्रसाद पौडेल र उपसभापति नविन किशोर शाक्यले गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ