arrow

विप्लव पार्टीद्धारा जग्गा कब्जा गर्दै सफाया गर्ने १५ दिने म्याद जारी 

logo
प्रकाशित २०७५ पुष १६ सोमबार
biplab-maobadi.jpeg

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले सरकारलाई च्यालेन्ज दिँदै आफै अदालती फैसला गरेको छ । अर्धभूमिगतरुमा बिभिन्न कृयाकलाप संचालन गर्दै आएको विप्लव नेकपाको ताम्सालिङ्ग जनपरिषद्ले जग्गा फिर्ता गर्न १५ दिने म्याद जारी गरेको हो ।

काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका– ८ नार्के निवासी तर्कबहादुर तामाङको नाममा रहेको २१ रोपनी ८ आना १ पैसा ३ दाम बराबरको जग्गा दृष्टिबन्धक राखिएको भन्दै झुक्याएर रोशी गाउँपालिका – ९ मंगलटारका बहादुर सिं तामाङको श्रीमती सानुमाया तामाङको नाममा राजिनामा पास नै गरेको भन्दै फिर्ता गर्न १५ दिने म्याद जारी गरेको जिल्ला इन्चार्ज शरद रसाईलीले बताएका छन् ।

जिल्ला अदालत काभ्रेमा मुद्दा दर्ता भई अदालतलाई समेत प्रभावित पारी गलत फैसला गराईएको भन्दै माओवादीले ध्यानाकर्षण भएको बताएको छ ।

सूचना जारी गरिएको १५ दिन भित्र तर्कबहादुर तामाङकै नाममा जग्गा फिर्ता गर्न गराउन ताम्सालिङ्ग स्वायत्त प्रदेशको तर्फबाट यो सूचना जारी गरिएको छ’–म्यादमा भनिएको छ ।

म्याद जारी गरेको जग्गा पार्टीले कब्जा गरेको घोषणा गरेको छ । तर्कबहादुर तामाङको पहुँच नभएकाले करोडौको जग्गा ५ लाखमा खान खोजेकाले कब्जा गरिएको उल्लेख छ । 

जग्गा सहज ढंगले तर्कबहादुर तामाङलाई फिर्ता नगरेमा शशक्त भौतिक कारवाही हुने चेतावनी दिईएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ