arrow

पुनर्वास लागुऔषध ओसारपसारको मुख्य थलो बन्दै, फेरि समातियो ब्राउन सुगर 

logo
दीपेन्द्र बस्नेत
प्रकाशित २०७५ पुष १६ सोमबार
punarbas_nagarpalika_map.png

पुनर्वास । कञ्चनपुरको दक्षिणी सिमान्त पुनर्वास यतिबेला लागुऔषध ओसारपसारको मुख्य थलो बन्दै गएको छ । नियन्त्रणमा एक महिनादेखि सकृयता बढाएको प्रहरीले आइतबार फेरि ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ ।

खुला भारतीय सीमा संग जोडिएको पुनर्वासको अमरबस्ती स्थित डोकेबजारबाट आईतवार प्रहरीले धनगढी उप महानगरपालिका ३ का राजेन्द्र जोशी लाई ११ ग्राम ब्राउन सुगर र स्पास्मो प्रेक्सिभोन क्याप्सुल ६१ थान सहित पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीको गस्ती टोलिले धनगढी तर्फ लैजान लागेको ११ ग्राम ब्राउन सुगर र लागू औषध स्पास्मो प्रेक्सिभोन सहित २८ वर्षिय जोशीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ  । 

सीमावर्ती पुनर्वासमा एक महिना यता पुनर्वास प्रहरीले ब्राउन सुगर ओसारपसारका यो सहित ३ पटक पक्राउ गरेको छ । यस अघि दुई पटक गरेर १६ ग्राम ब्राउन सुगर सहित ओसारपसारमा संलग्न ब्यक्ति लाई प्रहरीले पक्राउ गरिसकेको छ । 

पुनर्वास क्षेत्रमा हुँदै आएको लागू औषध ओसारपसार बारे पाएको सुचनाका आधारमा प्रहरीले सकृयता बढाए पछि सफलता मिलेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कर्ण बहादुर बमले बताए ।



नयाँ