arrow

धनगढी उपमहानगरले फोहोर व्यवस्थापनका लागि जग्गाको टुङ्गो लगाउदै

logo
सुनिल आउजी,
प्रकाशित २०७५ पुष १६ सोमबार
dhandaghi-sub-metro.jpg

धनगढी। धनगढी उपमहानगरपालिकाले फोहोर व्यवस्थापनका गर्नका लागि जग्गाको टुङ्गो लगाउन अन्तिम चरणमा पुगेको बताएको छ। उपमहानगरले पहिले नै फोहोर व्यवस्थापनका लागि जग्गाको टुङ्गो लगाए पनि बीचमा विवाद बढ्को थियो। धनगढी उपमहानगरपालिकामा एसियाली विकास बैंकको करिव ३ करोड लगानी रहेको छ। सुदूरपश्चिम प्रदेशका ४ वटा नगरपालिकामा लागु भएको क्षेत्रिय शहरी विकास आयोजनाले काममा तिब्रता पाएता पनि जनताले सोचेजस्ता प्रफिल नपाएको नगरवासीहरुको गुनासो छ।

यो आयोजना भिमदत्त नगरपालिका, शुक्लाफाँटा नगरपालिका गोदावरी नगरपालिका र धनगढी उपमहानगर क्षेत्रिय शहरी विकास आयोजनाले सम्झौता लागु भएको करिव एक वर्ष पुगेको छ। क्षेत्रीय सहरी विकास आयोजनाले पुर्वाधार विकास निर्माण कार्य मात्र गर्ने छ। एकमात्र उपमहानगर रहेको धनगढीले फोहोर व्यवस्थापनका लागि जग्गाको टुङ्गो दुई हप्ता भित्रै लाग्ने ईन्जीजियर दिजराज भट्टले बताए। 

ईन्जीजियर दिजराज भट्टका अनुसार फोहर व्वस्थानका लागी धनगढी उपमहानगर पहिले नै वर्डा नं १ टुङ्गो लगाएको थियो तर फोहोर व्यवस्थापन केन्द्रका लागि जग्गाको टुङ्गो पहिलेनै लगाए पनि पछि वडा एक का स्थानीय जनताहरले विरोध गरेको बताए। हामीहरु निन्तररुपमा बडाबासीहरु संग छलफल गरेका छौं र सहमतिमा बडा वासीहरु सहमतिमा आएका उनले बताए।

फोहर व्यवस्थापन भएका नगरपालिकाहरुमा वडा वासी जन्ताहरुलाई भ्रमणमा लैजाने तयारी भएको पनि ईन्जीजियर भट्टले बताए। सडक लगायत अन्य पूर्वाधारमा लगानी गर्ने एडिबीले फोहोर व्यवस्थापन केन्द्रका लागि स्थान छनोट पहिलो सर्तका रुपमा अगाडि सारेको थियो।

फोहोर व्यवस्थापन केन्द्रमा एकीकृत प्रणालीमार्फत फोहोर व्यवस्थापन गरिने क्षेत्रीय सहरी विकास आयोजनाका इन्जिनियर दिजराज भट्टले बताए। व्यवस्थान, शुद्ध खानेपानी लगायतका कार्यमा उक्त परियोजनाले काम गर्ने ईन्जीनियर भट्टले जानकारी दिए।

त्यसैगरी अनुदानमा गोदावरी  नगरपालिकामा झण्डै १ अर्ब ४ करोडको लगानी रहेको छ। क्षेत्रीय सहरी विकास कार्यक्रम सञ्चालन हुने शुक्लाफाँटा नगरपालिका, भिमदत्त नगरपालिकामा पनि फोहोरमैला व्यवस्थापनका लागि जग्गा छनोटको प्रक्रिया सकिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ