arrow

कैलाली उद्योग वाणिज्य संघमा स्वाँर प्यानलको उम्मेदारी घोषणा 

logo
सुनिल आउजी,
प्रकाशित २०७५ पुष १७ मंगलबार
fncci-kailali.jpg

धनगढी। व्यावसायिक एकता र आर्थिक समृद्धि’भन्ने नाराका साथ आसन्न पुस २८ गते हुने कैलाली उद्योग वाणिज्य संघको ४६औं साधारणसभाका लागी स्वाँर प्यानलले समावेशी प्यानलका रुपमा आफ्नौ टिम तयार पारेको छ। चुनावका लागि दुई प्यानल बनाई चुनावी मैदानमा उत्रिएका छन।

अध्यक्ष पदका उम्मेदवार वर्तमान महासचिव रुपेश स्वाँर आज आफ्नो टिमको घोषणा गरेका छन्। अध्यक्ष पदका दाबेदार रुपेश स्वाँरले टिम घोषणा गर्दै उनको नेतृत्वको प्यानलमा उपाध्यक्ष उद्योगतर्फ गजराज पाण्डेय, उपाध्यक्ष वाणिज्यतर्फ टेकबहादुर खड्का र उपाध्यक्ष वस्तुगततर्फ अनिल कुमार भुजानियालाई खडा गरिएको छ।  

यस्तै महासचिवमा सुरेश पाण्डेय, कोषाध्यक्षमा भीमराज ओझा अब्बु र सचिवमा सुजित शर्मा रहेका छन। सदस्यहरुमा रुपेश खड्का, तिलक बोहरा, शिव सोप, श्याम जोशी, दुर्योधन स्वर्णकार, वसन्त भट्ट, सिता भटराई, रवि कुँवर र भक्तबहादुर थापा  रहेका छन्।

स्वारको प्यानलमा वर्तमान कार्यसमितिका पदाअधिकारीहरु र सदस्यहरु रहेका छन्।  स्वाँर नेतृत्वको प्यानलले कैलाली उद्योग बाणिज्य संघलाई व्यवसायीक हकहित संरक्षरण गर्ने, औद्योगिक क्षेत्र स्थापना, विशेष आर्थिक क्षेत्र घोषणा र सञ्चालन गर्ने, गौरीफन्टा नाकाको स्तरोन्नति गर्ने बझाङ्गको चैनपुर हुँदै चीनसँग जोड्ने ताक्लाकोट नाकालाई अन्तर्रा्ष्ट्रिय नाकाको रुपमा स्थापना गर्न पहल गर्नेदेखि प्रदेश नम्बर ७ अर्थात् सुदूरपश्चिमलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने गर्नेसम्म रहेका छन। पहिलो कार्यसमितिको बैठकबाटै काम गर्ने लगायतका प्रतिबद्धता सार्वजनिक गरेको छ।

कैलाली उद्योग वाणिज्य संघको ४६औं साधारणसभा पुस २८ गते हुँदै छ। वि.सं. २०२७ सालमा स्थापना भएको कैलाली उद्योग वाणिज्य संघको ४६औं साधारणसभाले नयाँ कार्यसमिति समेत चयन गर्दै छ।

करिब नौ हजार सदस्य रहेका यो संस्थामा सदस्यता विबाद कारणले उच्च अदालत दिपाएलमा परेको रिटका कारणले गर्दा बैशाख २२ गते हुने भनियको साधारण सभा स्थिगित भएको थियो। अहिले उच्च अदालतले जिल्ला प्रशासन कार्यालय कैलालीलाई सदस्याता छानविनको अधिकार दिए पछि अहिले सदस्य संख्या सदस्यता छानविन गरेर २७ सय सदस्य रहेको कार्यालयले जनाएको छ। 

प्रतिबद्धतामा विशेष आर्थिक क्षेत्र स्थापना स्थापना तथा विशेष औद्योगिक प्याकेज घोषणा गर्न पहल गर्ने, कृषिक्षेत्रको विकासका लागि ‘एक स्थानीय तह एक उत्पादन क्षेत्र’लगायतका अवधारणालाई विकास गर्दै कृषिको आधुनिकीरण र आत्मनिर्भर उत्पादनहरुमा आयात निरुत्साहित गर्ने नीति लागू गर्न प्रदेश सरकारसँग समन्वय गर्नेलगायतका रहेका छन्।

प्यानलको उम्मेदवार घोषणा कैलाली उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि रुपेश स्वाँर नेतृत्वको प्यानल घोषणा गरिएको छ। प्रतिबद्धतापत्र सार्वजनिक गर्दै संघका वर्तमान महासचिव स्वाँरको नेतृत्वको प्यानल घोषणा गरिएको हो। यसअघि वर्तमान कोषाध्यक्ष पुष्पराज कुँवरको नेतृत्वको प्यानल घोषणा भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ