arrow

काठमाडौं महानगरमा श्रमजीवि पत्रकार ऐन कार्यान्वयनको माग

logo
प्रकाशित २०७५ पुष १७ मंगलबार
kathmandu-mahanagar-journalist.jpg

काठमाडौंं । काठमाडौं महानगरको सञ्चारमा आवद्ध सञ्चारकर्मीहरुले श्रमजीवि पत्रकार ऐन कार्यान्वयनको माग राखेका छन् । मंगलबार सूचना प्रविधि विभागका प्रमुख राज्यप्रकाश प्रधानाङ्गलाई भेटेर उनीहरुले संयुक्त निवेदन बुझाएका हुन् ।

सरकारले बनाएको ऐन सरकारबाटै कार्यान्बयन हुनु पर्ने, स्थानीय तहलाई सञ्चार व्यवस्थापनका लागि दिएको अधिकार प्रयोगमा ल्याउनु पर्ने, यसको नीतिगत व्यवस्थाका लागि संघ र प्रदेश सरकारसँग समन्वय गर्नुपर्ने निबेदनमा उल्लेख छ । हामी स्थानीय सरकार सञ्चालन ऐनबाट निर्देशित छौ भनेर महानगर पन्छिन पाउँदैन । आमसञ्चार व्यवस्थापन गर्नुपर्ने महानगरले आन्तरिक सञ्चार व्यवस्थापनमा कमजोरी गर्नुहुन्न । निवेदनपत्र बुझाइसकेपछि सञ्चारकर्मीहरुले प्रतिक्रिया दिए । 

विभागमा निवेदन दिएका समाचारकर्मीहरुले प्रमुख बिद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी, प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला, सूचना प्रविधि समितिका संयोजक ईश्वरमान डंगोलसँगै नेपाल पत्रकार महासंघ केन्द्रीय कार्य समिति र प्रेस रजिष्टर्डको कार्यालयलाई बोधार्थ दिएका छन् । 

निवेदन बुझेपछि विभागका प्रमुख राज्यप्रकाश प्रधानाङ्गले सञ्चारकर्मीको मागख प्रमुख, उपप्रमुख र समितिसँगको छलफलमा लैजाने बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ