arrow

मानव स्वास्थ्यमा असर पुर्‍याउने ईटा उद्योग बिरुद्ध झापाका स्थानीय

logo
युबराज रेग्मी     
प्रकाशित २०७५ पुष १७ मंगलबार
jhapa_brick_local.jpg

झापा। झापा जिल्लामा बिगत केही बर्ष यता इटा उद्योग खोलिने क्रमले तिब्रता पाएको छ । कृषि उपज उत्पादनको दृष्टिकोणले उर्बर भुमी मानिने झापामा कतिपय जमिनहरु मरुभुमीमा परिणत हुँदै आएका छ्न ।

मानव बस्ती नजिकै खोलिने यस्ता उद्योगले जनस्वास्थ्यमा पनि नकारात्मक असर पुर्याउने गरेको पाइएको छ । यहाँका अधिकाशं मानिसलाई श्वास-प्रश्वासको समस्याका कारण अस्पताल धाउनेको संख्या पनि बढेर आएको छ । यसै क्रममा गौरादह नगरपालिका वडा न ९ बैगुन्धुरामा सरिया बृक्स कम्पनीले नया उद्योग खोल्न लागेकोले त्यहाँका जनता आक्रोसित भएका छन ।          

उक्त कम्पनी मानव बस्ती नजिक खोलिन लागेकोले त्यसले मानव स्वास्थ्यमा असर पुर्‍याउने तथा नजिकका  उर्वर भुमीलाई असर पुर्‍याउने भएकोले उक्त क्षेत्रका जनताले उद्योग खोल्ने प्रकृया बिरुद्ध वडा कार्यालयमा उजुरी पत्र दर्ता गराएका छन ।                         

व्यापक जन-गुनासो आएपछी वडा कार्यालयको आयोजनामा आज मंगलबार उक्त क्षेत्रका बुद्धिजीबि , राजनितीज्ञ , शिक्षक , र सरोकारवालाहरु सँग बृहत् छलफल गरिएको छ । छलफलमा बोल्ने अधिकांश ब्यक्तिहरुले मानव स्वास्थ्यमा असर पुर्‍याउने इटा उद्योग खोल्न नदिने प्रतिक्रिया दिएका छन ।                                

उजुरी पत्रहरु बारे अवगत गराउँदै वडा अध्यक्ष सिताराम भट्टराईले उक्त उद्योगले वडामा सामन्य  अनुमती सिफारिस  समेत नलिइ वडा  भित्रै उक्त उद्योग खोलिन लागेको बताए ।                                

वडाको क्षेत्राधिकारलाई मिच्दै केही दिन अघि नगरपालिकाबाट आएका केही कर्मचारीले फिल्ड अनुगमन गरि गएको र उक्त कार्य बारे आफुलाइ जानकारी समेत नभएको उनको गुनासो छ ।                 

छलफलमा बोल्दै साबिक बैगुन्धुरा गा. बि.स. अध्यक्ष उत्तम चौलागाईंले नगरपालिकाले ढिला नगरी नगरभित्र औद्योगिक छेत्र तथा  विशेष आर्थिक छेत्र(SEZ) तोकिनु पर्ने साथै  सम्बन्धित छेत्रमा सम्बन्धित उध्योग खोल्न अनुमती दिइनु पर्ने तथा उद्योग  खोलिनु पुर्ब तयार गर्नुपर्ने बाताबरण प्रभाब प्रतिबेदन (EIA) बिधि र प्रकृया बमोजिम तयार गरेर मात्र उद्योग खोल्नु धारणा ब्यक्त गरेका छन् ।    

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले ग्रामिण क्षेत्रमा खोलिने यस्ता उद्योगले रोजगारीको अवसर प्राप्त भए पनि मानव स्वास्थ्यमा प्रतिकुल असर पुर्‍याउने र कृषि उब्जनिमा  ह्रास ल्याउने चिम्नी जडित पुराना प्रबिधिका उद्योग भित्रिन नहुने   धारणा राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ