arrow

कञ्चनपुरका दक्षिणी ४ स्थानीय तहमा बेरोजगारको तथ्यांक संकलन सुरु

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ पुष १८ बुधबार
Kanchanpur_District.png

पुनर्वास । कञ्चनपुरका दक्षिणी क्षेत्रका चार स्थानीय निकायमा आयमुलक र उत्पादन वृद्धि गर्न बेरोजगारहरुको एकिन तथ्यांक लिने काम सुरु गरिएको छ ।  स्वरोजगार मुलक नीति तथा कार्यक्रमका लागि लक्षित समुदायको पहिचान गर्न तथ्यांक संकलनको काम गरिएको जिल्लाका दक्षिणी भेगका स्थानीय निकायहरुले जनाएका छन् ।

बेरोजगार ,शिक्षा ,स्वास्थ्य र कृषि लगायतका क्षेत्रको वास्तविक तथ्यांकका लागि नगरपालिका तथा गाउँ पालिकाले प्रोफाईल बनाउने काम गरेको जनाइएको छ । प्रोफाइल निर्माण र सार्वजनिक पश्चात् स्थानिय निकायमा बेरोजगारहरुको एकिन तथ्यांक आउने र स्वरोजगार सृजना गर्न प्रोफाइल महत्वपुर्ण बन्ने आश गरिएको छ ।

बेरोजगारहरुको वास्तविक तथ्यांक संकलनको काम सुरु भइ सकेको र माघ भित्रमा एकिन तथ्यांक तयार भइ सक्ने पुनर्वास नगरपालिकाका मेयर जिवनराज थापाले बताए । उनले भने " तथ्याङ्क आइ सके पछि  रोजगारी सृजनाका लागि पशुपालन , कृषि ,पशुपालन लगायतका क्षेत्रमा लक्षित कार्यक्रम संचालन गरि रोजगारी सृजना गराइने योजना रहेको छ ।"  स्वरोजगार सृजना होस भनेर स्थानिय निकायले अहिले पनि मौसमी तथा बेमौसमी तरकारी ,बाख्रातथा पशुपालनमा अनुदान र सिपमुलक तालिम सञ्चालन गर्दै आएको नगरप्रमुख थापाले बताए ।

 बेरोजगारी हल गर्न महत्वपूर्ण रुपमा हेरिएको प्रोफाइल निर्माणको कार्य सम्पन्न पछि नगर क्षेत्रमा स्वरोजगार र उत्पादन वृद्धि गर्न सघाउ पुग्ने बिश्वास लिइएको छ । बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरीले भने" बेरोजगारहरुको लगायत अन्य तथ्यांक लिन प्रोफाइल निर्माणको काम सम्पन्न गरिएको छ । लिइएका तथ्यांकहरुलाई  दस्तावेजिकरणको काम बाँकी रहेको छ । " उनले भने जग्गा जमिन भएका बेरोजगारहरुका लागि कृषि ,पशुपालन , तरकारी लगायतका कृषि उत्पादन कार्यकालागी स्थानीय निकायले अनुदान र सीप बिकास गरि रोजगारी सृजना गरिने छ ।" मेयर चौधरीले भने " भुमिहीन बेरोजगारहरुको हकमा उहाँ हरु संग छलफल गरेर के कस्तो कार्यक्रम चहान्छन त्यसै अनुरुप स्थानिय निकायले योजना तथा कार्यक्रम ल्याउने छ ।" अहिले हामिले बंगुर , बाख्रा , तरकारी खेती ,च्याउखेती लगायतमा अनुदान दिदै आए पनि प्रोफाइल बाट बेरोजगारको एकिन डाटा आए पछि थप कार्यक्रम संचालन गरिने बेलौरी नगरपालिकाका मेयर चौधरीले बताए ।

स्थानीय सरकार सञ्चालन ऐंन २०७४ अनुरुप प्रत्येक स्थानीय निकायले बेरोजगार हरुको तथ्यांक संकलन गर्नु पर्ने ब्यबस्थ अनुरुप कञ्चनपुरका दक्षिणी क्षेत्रका स्थानीय निकायहरुले प्रोफाइल निर्माणको कार्यलाई तिब्रता दिन थालेका हुन । लालझाडी गाउँ पालिकाका अध्यक्ष मदनसेन बडायकले भने "लालझाडीमा दोदाको बाढिका कारण जग्गा भएकै पनि बेरोजगार बनेका छन् । अहिले कृषि र पशुपालन ब्यबसायिक नबनेको अबस्था छ । " उनले भने " हामीले प्रोफाइल बनाएर बेरोजगारको तथ्यांक लाई दस्तावेजिकरण गर्दै छौ । " उनी भन्छन " स्वरोजगार र उत्पादन वृद्धि गर्न कृषि र पशुपालनलाई ब्यबसायिक बनाउन हामी तयारी गर्दैछौं ।  

यस्तै बेलडाँडी गाउँ पालिकाका अध्यक्ष धनबहादुर थापा क्षेत्रीले भने " बेलडाँडीमा तथ्यांक संकलनको काम पूरा भइ सकेको छ यसै महिना भित्र सम्पुर्ण डाटा तयार भइ सक्छ । " उनी भन्छन - अहिले हामीले कृषि ,पशुपालन र तरकारी उत्पादनमा दिदै आएको अनुदानलाई प्रभवकारी बनाउदै बेरोजगार समुदाय लक्षित बनाएर लैजान्छौ ।  उत्पादन वृद्धि गरि बेरोजगारी समस्या समाधानको पहल थालिने छ ।

कञ्चनपुरका दक्षिणी भेगमा रहेका चार स्थानीय निकायले बेरोजगारी समास्या सल्टाउन प्रोफाइल निर्माणको कार्यलाई महत्वका साथ हेरिए पनि त्यस पछि अपेक्षित उपलब्धि प्रभावकारी रहला नरहला त्यो स्थानीय निकायले सञ्चालन गर्ने योजना, नीति तथा कार्यक्रमको गतिशिलतामा निर्भर रहने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ