arrow

ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा दलिय विवाद चुलिदा मुठभेडको स्थिती

logo
लिला सुनुवार,
प्रकाशित २०७५ पुष १८ बुधबार
champadevi-rural.jpg

‌ओखलढुंगा। ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा दलिय विवाद चुलिएको छ। नेपाल कम्यनिष्ट पार्टी चम्पादेवीले यहि पौस १४ गते सोमबार देखि बिभिन्न ९ बुदे माग राखि आन्दोलनको घोषणा गरेपछि बिवाद चुलिएको हो।

कर्मचारी नियुक्तीमा एक्लौटी गरेको, गाउँपालिकाको भवन निर्माणमा ठेकेदारले ढिलाइ गरेको, विभिन्न बिकास निर्माणको काममा अनियमितता गरेको लगायत ९ बुदे कारण देखाइ नेकपाले आन्दोलन शुरु गरेको हो।

गाउँपालिकाले वार्ताको क्रम अघि बढिरहदा अराजक ढंगबाट नाराजुलुस गरि मुडभेडको स्थिती निम्ताइएको बताएको छ। प्रमुख नबराज केसीले यहि पौष १७ गते पत्रकार सम्मेलन गरी आन्दोलनको विषयमा आफनो धारणा सार्बजनिक गरेका छन्। अध्यक्ष केसीले आफु बार्ता र छलफलको क्रममा अघि बढिरहदा अराजक तरिकाले नारा जुलुस गरी मुडभेडको स्थिति निम्ताउने, कर्मचारीहरुलाई धम्काउने जस्ता कृयाकलापमा बिपक्षीहरु लागी परेकोले आफु दुखी बनेको बताए।

अध्यक्ष केसीले बिपक्षीहरुले आरोप लगाएको जस्तो आफुहरुले कुनै पनि वडा सचिबको नियुक्ती नगरेको र गाउँपालिकामा सम्पुर्ण कर्मचारीहरुको नियुक्ती विधि अनुसार नै गरिएको जानकारी गराए।

अध्यक्ष केसीले विकास निर्माणको क्रममा आफुहरुले कुनै अनियमितता नगरेको र बिपक्षीहरुले उठाएको सबै विषयको जवाफ दिदादिदै नाराजुलुस गरी हिडेर विभिन्न सामाजिक सञजाल र सञ्चार माध्यमहरुमा तालाबन्दीको प्रचार गरेकोमा आश्चर्य प्रकट गरे। उनले हुँदै नभएको तालाबन्दीको प्रचार गरिएकोमा ध्यान आकृष्ट भएको बताए। साथै आफु निरन्तर गाउँपालिकाको विकास निर्माणमा लागिरहदा बिपक्षीहरुले अबरोध खडागरी काम गर्न नदिएको पनि बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ