arrow

नेविसंघ मुस्ताङको अध्यक्षमा शेरचन, पहिलोपटक जिल्लामै अधिवेशन भइ बन्यो कार्यसमिति

logo
प्रकाशित २०७५ पुष १८ बुधबार
mustang-nsu.jpg

जोमसोम । नेपाल विद्यार्थी संघ मुस्ताङ जिल्ला कार्यसमितिको १२ औं अधिवेशन बुधवार सम्पन्न भएको छ । अधिवेशनबाट अषिम शेरचनको सभापतित्वमा २१ सदस्यीय कार्यसमिति नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। 

कार्यसमितिको उपसभापति रुपिका थकाली, महासचिव अनिल परियार, सचिव सुनिल परियार, सह–सचिव ध्रुव परियार, कोषाध्यक्ष वरुण लामा रहेका छन्। त्यस्तै सदस्यहरुमा मनिषा हिराचन, विकास विक, पासाङ शेर्पा, सुदीप विक, पूनित परियार, सञ्जय पुर्जा, विकल्प गौचन, अमन पौडेल, निसान तुलाचन, उर्मिला नेपाली, मन्जु नेपाली र सज्जल छन्त्याल रहेका छन्।

नवगठित कार्यसमितिका सभापति शेरचनले संठनलाई बलियो बनाई निष्पक्ष ढंगले अगाडी बढ्नको लागि सबैसँग आग्रह गरे। आफु लगायत सम्पूर्ण कार्यसमिति निर्विरोध चयन भएकोमा खुसी प्रकट गर्दै उनले सम्पुर्ण कार्यसमितिले कर्तव्यवोध भई कार्य गर्ने प्रतिबद्धता प्रकट गरे ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई नेविसंघका केन्द्रीय कोषाध्यक्ष शिव रिमालले अविर र खादा लगाईदिइ कार्यकाल सफलताको शुभकामना दिए। 

नेपाली कांग्रेस मुस्ताङका जिल्ला कार्यसमितिका सचिव तथा वारागुङ–मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्टेन गुरुङ, यूवा नेता अविनास गौचन थकाली, महाधिवेशन प्रतिनिधि विजय हिराचन, नेपाल शिक्षक संघ मुस्ताङका संघीय प्रतिनिधि प्रमिश गौचन लगायतको रोहबरमा नयाँ कार्यसमिति चयन भएको हो। 

नेपाल विद्यार्थी संघ मुस्ताङ १२ औं अधिवेशनसम्म आईपुग्दा यो नै औपचारिक रुपमा कार्यक्रम गरेको पहिलो पटक रहेको यूवा नेता अविनास गौचन थकालीले बताए। थकालीले निकै संघर्षका बावजुद प्रतिकुल अवस्थामा पनि ऐतिहासिक कार्यक्रम सम्पन्न गर्न पाएको खुसी व्यक्त गरे। नयाँ कार्यसमितिलाई थप जोस–जाँगरका साथ जिम्मेवारी वहन गर्दै कर्तव्य पालना गर्न थकालीले सुझाव दिए ।

संघको कोष बृद्धिको लागि वारागुङ–मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्टेन गुरुङले १० हजार, महाधिवेशन प्रतिनिधि विजय हिराचनले ८ हजार र घरपझोङ गाउँपालिकाका तरुणदल अध्यक्ष योगेश शेरचनले ५ हजार नगद  सहयोग गरेको थकालीले बताए । सोही अवसरमा सहयोगीहरुलाई खादा लगाई सम्मान गरिएको थियो । 



नयाँ