- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अमेरिका र चीनको बीचमा व्यापारयुद्धको समाधान निकाल्ने विषयमा जारी बैठकका बीच अमेरिकी नौसेनाको जहाजले दक्षिण चीन सागरको विवादित द्वीपको भ्रमण गरेको छ ।
चीनले सैन्य प्रतिष्ठान निर्माण गरिरहेको क्षेत्रमा अमेरिकी नौसेनाको जहाजले एक फन्को लगाएको हो । अमेरिका र उसका सहयोगी मुलुकहरुले समयसमयमा चीनले आफ्नो दाबी गरेको क्षेत्रनजिकै आफ्नो जहाज पठाउँदै आएका छन् ।
चीनले अमेरिकाको यो कार्यको विरोध गर्दै अमेरिकालाई भड्किलो गतिविधि रोक्न सुझाएको छ । साथै अहिले जारी वार्ता सफल पार्न प्रयास गर्नुपर्ने अमेरिकाको दायित्व रहेको उसको भनाइ छ ।
विश्वका प्रमुख दुई अर्थतन्त्र बोकेका मुलुकको बीचमा अहिले व्यापारयुद्ध जारी द्ध । जसको कारण उनीहरुले एकअर्कामाथि ३ खर्ब डलरभन्दा बढीको आयात शुल्क लगाएका छन् ।
चीनले दक्षिण चीन सागरको करीब सबैजासो भागमा आफ्नो दाबी गर्ने गरेको छ । साथै उसले उक्त कृत्रिम द्वीपमा सैन्य अखडा पनि स्थापना गरेको छ । यो क्षेत्रमा भियतनाम, मलेसिया, ब्रूनाई र ताइवानले पनि आफ्नो दाबी गर्दै आएका छन् ।
अमेरिकी जहाजले दक्षिण चीन सागरको भ्रमण गरेको बारे प्रतिक्रिया दिँदै चिनियाँ अधिकारीले यो कदमको विरोध गर्दै आफ्ना सेनालाई यसको पुष्टि गर्न खटाइएको बताएका छन् ।