- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । करिम बेन्जेमाको दुई गोलको मद्धतले स्पेनिश क्लब रियाल मड्रिड कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
रियालले बिहीबार राति भएको दोस्रो लेगको खेलमा जिरोनालाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । रियालले समग्रमा ७–३ को जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भएको हो ।
रियालले पहिलो लेगमा ४–२ को जित निकालेको थियो । दोस्रो लेगमा रियालका लागि दुई गोल गोल बेन्जेमाले गर्दा एक गोल मार्कोस लोरेन्टेले थपे । जिरोनाका पेड्रो पोर्रोले एक गोल फर्काए ।
जिरोनाको मैदानमा बिहीबार राति भएको खेलमा रियालले खेलको २७औं मिनेटमा करिम बेन्जेमाको गोलबाट अग्रता बनाएको थियो ।
बेन्जेमाले ड्यानियल कार्भाहलको पासलाई गोलमा परिणत गरेका थिए । ४३औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियाललाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।
७१औं मिनेटमा जिरोनाका युवा खेलाडी पेड्रो पोर्रोले गोल गर्दै खेललाई २–१ मा ल्याए । ७६औं मिनेटमा मार्कोस लोरेन्टेले ड्यानियल सेवालेसको पासलाई सदुपयोग गर्दै रियाललाई ३–१ को जित दिलाए ।
यससँगै कोपा डेल रेको सेमिफाइनलमा पुग्ने चार टोलीको टुङ्गो लागेको छ । अब रियालले रियाल बेटिससँग खेल्नेछ । अर्को सेमिफाइनलमा बार्सिलोनाले भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्नेछ ।
बेन्जेमाको रेकर्ड
बेन्जेमाले रियाल मड्रिडका लागि अहिलेसम्म २०९ रन बनाएका छन् । उनी रियालका लागि यति धेरै गोल गर्दै छैटौं खेलाडी बनेका छन् ।
फ्रेन्च ३१ वर्षीय खेलाडी बेन्जेमा पोर्चुगिच खेलाडी क्रिष्टियानो रोनाल्डो इटालियन क्लब युभेन्टस गएपछि रियाल मड्रिडका सबैभन्दा भरपर्दा खेलाडी बनेका छन् ।