arrow

प्रभु बैंकमा भीषण आगलागी

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ फागुन १३ सोमबार
fire.jpeg

बुटबल । बुटवलको अमरपथ स्थित प्रभु बैंकमा भीषण आगलागी भएको छ । राति अन्दाजी ९ बजेबाट सुरु भएको आगलागी राति अवेरसम्म नियन्त्रणमा आउन सकेको छैन । 

बैंक रहेको भवनको तल्लो तलामा रहेको होटल रोयलबाट सुरु भएको आगलागी बैंक रहेको तलासम्म फैलिएको छ । 

आगलागि नियन्त्रणका लागि तीन वटा दमकल र प्रहरी परिचालन भए पनि आगलागि नियन्त्रणदेखि बाहिर रहेको ईलाका प्रहरी कार्यालय बुटवलका नायव प्रहरी उपरिक्षक दिलबहादुर मल्लले जानकारी दिए ।

होटलबाट सुरु भएको आगो प्रभु बैंकको एटीएम ,भैरव ब्याग हाउस र बिन्दवासिनी फेन्सीमा क्षति पुगेको छ । 

आगलागी भएको स्थानबाट ५ सय मिटर दुरीमा रहेको बुटवल उपमहानगरपालिको दमकललाई खवर गरेको ४५ मिनेटपछि मात्र २ वटा दमकल घटना स्थल पुगेको पुगेको स्थानीयबासीले जानकारी दिएका छन् । आगलागी हुनुको कारण समेत पत्ता नलागेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ