- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पुलवामामा भएको आक्रमणका योजनाकार तथा आतंकाकारी संगठन जैश-ए-मोहम्मद सरगना मसूद अजहरको मृत्यु भएको समाचार बाहिर आएको छ । भारतीय सञ्चार संस्था न्युज १८ ले स्रोतको हवाला दिँदै २ मार्चमा उनको ज्यान गएको बताईएको हो । अहिलेसम्म यो खबरको पुष्टि त भएको छैन । पाकिस्तानी सेनाको अनुमती पछि मात्रै यसको आधिकारिक पुष्टि गरिने बताईएको छ ।
आईतबार सिएनएनलाई पाकिस्तानी विदेश मन्त्रीले दिएको अन्तर्वार्तामा उनले भनेका छन् ‘मलाई जहाँसम्म थाहा छ उनी सख्त विरामी छन् । उनी घरबाट बाहिर निस्कन समेत सकेका छैनन् ।’
विदेश मन्त्रीले दाबी गरेका थिए कि जैश-ए-मोहम्मदले पुलवामा आतंककारी हमलाको जिम्मेदारी लिएको छैन । त्यस्तै भारतीय रिटायर्ड कर्नेल आशीष खन्नाले उनी एयर स्ट्राइकमा घाइते भएको दाबी गरेका छन् । जुन क्याम्पमा भारतले स्ट्राइक गरेको थियो । सोही क्याम्पमा उनी बस्ने गरेको पनि खन्नाले दाबी गरे ।
मसूद अजहर भारतको मोस्ट वान्टेड आतंककारी हुन् । उनी माथि पठानकोट एयरबेसमा भएको हमलाको समेत आरोप लागेको छ । भारत सहित यूएस, यूके तथा फ्रान्स जस्ता देशले उनलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषदबाटै वैश्विक आतंककारी घोषित गर्न समेत माग गरिएको छ । यसमा चीनले असहमति जनाउँदै आएको छ ।