arrow

कञ्चनपुरमा असुरक्षित बन्दै महिला: चार बर्षमा १२५ को करणी, २ को हत्या

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ फागुन २९ बुधबार
Rape.jpg.jpeg

कञ्चनपुर । पछिल्ला वर्षहरुमा कञ्चनपुरमा बलात्कारका घटना बढ्दै गएका छन्  । विगत चार बर्षको अवधिमा कञ्चनपुरमा एक सय भन्दा बढी बलात्कारका घटना घटेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार तीन बर्ष आठ महिनामा एक सय पच्चीस घटना घटेका हुन् । एक बर्षको अवधिमा एक किशोरी र एक बालिकाको बलात्कारपछि हत्या समेत भएको छ ।

अघिल्लो आर्थिक बर्ष २०७४-०७५ को २६ असार घरबाट कलम किन्न हिडेकी कृष्णपुर नगरपालिका–८ रैकवारविचुवाकी १७ बर्षिया किशोरी कविता बिष्टको बलात्कारपछि हत्या गरिएको थियो ।  यस्तै चालु आर्थिक बर्ष २०७५-०७६ को १० साउनमा भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेर उखुबारीमा फालिएको शव प्राप्त भएको थियो ।
 
करिब चार बर्षको तुलनामा कञ्चनपुरमा बालिका, किशोरी र महिलामाथि हुने बलात्कार तथा हत्याका घट्ना बढ्दै गएका छन् प्रहरीका भनाइ छ । यस अघि महिलामाथि हुने बलात्कार तथा  हिँसाका घटना कमै मात्र आउने गरेका थिए । भने पछिल्लो बर्षदिन यता बलात्कारसंगै हत्याका घटनाका उजुरी  बढ्न थालेका हुन् ।

प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७२-०७३ मा जबरजस्तीकरणी २१, उद्योग ६, आर्थिक २०७३-०७४ मा जबरजस्तीकरणी १९, उद्योग १६, आर्थिक २०७४-०७५ मा जबरजस्तीकरणी १९, उद्योग १५ बलात्कार पछि हत्या एक र चालु आर्थिक २०७५-०७६ को फागुन मसान्त सम्ममा जबरजस्तीकरणी १८, उद्योग ११ र बलात्कार पछि एक बालिकाको हत्या गरिएको छ ।

महिलामाथि हुने बलात्कारका घटना घट्नुमा सचेनताको अभाव, दण्डहिनता बढ्नु, साँस्कृतिक बन्धनबाट बाहिरिनु, कानुनको कार्यान्वन नहुन, बलात्कारका घटनामा राजनीतिकरण हुन आदि विभिन्न कारणबाट बलात्कार घटना नरोकिएनु जस्ता कारण हुने अधिकारकर्मीहरु बताउछँन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता कृष्णराज ओझाले विभिन्न कारणबाट महिलामाथी बलात्कारका घटना हुने गरेको बताए । उनका अनुसार प्रहरीका दर्ता भएका ९० प्रतिशत मुद्दामा पीडितले न्याय पाएको बताए ।



लोकप्रिय समाचार
नयाँ