- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित गढीथुम्का तथा कासेघडेरी सामुदायीक वनबाट सुरु भएको भिषण डढेलो घलेगाउँमा छिरेको छ । भिषण डढेलोले रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित घलेगाउँका गोपाल पाण्डे, युवराज पाण्डे, अविकेसर पाण्डे र भीम पाण्डेको घर जलिसकेको बताईएको छ ।
डढेलोले ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका तोमबहादुर निरौला र पहलमान निरौलाको घर समेत जलिसकेको छ । डढेलोले अन्य घर समेत जोखिममा परेको गाउँपालिका रावाबेँसी गाउँपालिकाका प्रमुख लिलानाथ निरौलाले बताए ।
‘आगोले एकदमै प्रलय निम्त्याएको छ, अरु घर समेत जोखिममा परेको छ, प्रमुख निरौलाले भने, ‘ऐसेलुखर्कबाट सेना र प्रहरी झिकाएर निभाउने प्रयास भइरहेको छ ।’
जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले पनि भिषण डढेलोले घर जलेको पूष्टी गरेका छन् । दुबेकोलस्थित गढीथुम्का तथा कासेघडेरी सामुदाियक वनबाट सुरु भएको डढेलो चिन्डेश्वर हुँदै हङखोला तरेर माक्पाको लेवा पुगेको ऐसेलुखर्क गाउँपालिका प्रमुख बिश्वनाथ निरौलाले बताए ।