arrow

अलैंची व्यवसायी महासंघले नेतृत्व छान्दै, राजकुमार कार्कीको प्रमुख दावेदारी

logo
प्रकाशित २०७५ चैत ८ शुक्रबार
rajkumar-karki.jpg

धनकुटा । नेपाल अलैंची व्यवसायी महासंघको अधिवेशन धनकुटाको हिलेमा यही आइतबारदेखि हुँदैछ । सो अधिवेशनले नेतृत्व चयन गर्ने भएकाले धेरैको चासो छ । 

नेतृत्वका लागि महासंघका उपाध्यक्ष राजकुमार कार्कीले उम्मेद्बारी दिने घोषणा गरेका छन् । कार्की २०६४ सालमा स्थापित महासंघका संस्थापक सचिवसमेत हुन् । 

कार्कीले घट्दो अलैंचीको बजारले निराश किसान तथा व्यवसायीहरुलाई तेस्रो मुलुकमा नयाँ बजारको खोजी गरिने, अलैंची उत्पादन हुने जिल्लामा रहेका जिल्ला संघहरुलाई क्रियाशील र मजबुत बनाउँदै नेपाल सरकारलगायत सरोकारवाला संघसंस्थाहरुसंग समन्वय गरी अलैंचीको बिषयमा व्यापक राष्ट्रिय नीति तय गरिने जनाएका छन् । 

कार्कीले विशेष योजना ल्याइरहेका बेलामा अध्यक्ष पदका अर्का प्रत्यासी ओमकृष्ण बिमलीले पनि आफू दावेदार रहेको जनाएका छन् ।

अधिवेशनको आइतबार प्रदेश नम्बर १ का मुख्यमंत्री शेरधनराईले उदघाटन गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ