- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली युवा ढुकढुकी सन्दीप लामिछानेले खेल्न नपाएको खेलमा दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग आइपिएल टी–२० क्रिकेटमा मंगलबार राति पराजित भएको छ ।
दिल्लीका खेलाडीले विकेट नै लिन नसकेपछि दोस्रो खेलमा नै चेन्नाई सुपर किङ्ससंग ६ विकेटको हार खानु परेको हो ।
घरेलु मैदान दिल्लीमा भएको खेलमा दिल्लीले पहिले ब्याटिङ गरेर ६ विकेटको नोक्सानीमा १४७ रन बनायो । शिखर धवनले ४७ बलमा ५१ रन बनाए ।
डयाने ब्राभोले ३ विकेट लिए ।
मध्यम चुनौतीलाई चेन्नाईले १९.४ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो ।
सेन वाट्सनले २६ बलमा ४४ रन बनाए । सुरेश रैनाले १६ बलमा ३० रन बनाए भने विनिङ रन बनाउने क्रममा कप्तान महेन्द्र सिंह धोनीले ३५ बलमा नटआउट ३२ रन बनाए ।
पहिलो खेलमा मुम्बई इन्डियन्सलाई पराजित गरेको दिल्ली दोस्रो खेलमै पराजित भएको हो ।
डिफेन्डिङ च्याम्पियन चेन्नाइले पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई हराएको थियो ।
के होला सन्दीपको ?
सन्दीपलाई यसपटक पनि दिल्लीले ‘शो पिस’ बनाउने त हैन भन्ने अड्कल काट्न थालिएको छ ।
हुन त भर्खर दुई वटा खेल सकिएका छन् । सन्दीप भन्दा धेरै अनुभवी खेलाडीहरु टिममा छन् ।
सन्दीपले गत वर्ष अन्तिमका ३ खेल मात्र खेल्न पाएका थिए । त्यो पनि बाहिरबाट धेरै दवाव परेर ।
सन्दीपले ३ विकेट लिएर प्रशंसा पाएका थिए । त्यसपछि त्यही खेल हेरेरै आधादर्जन प्रोफेसनल फ्रेन्चाइजमा खेलिसकेका छन् ।
तर यसपटक पनि छिट्टै सन्दीपले खेल्न पाउने देखिएको छैन । आशा त मार्न भएन ।
बुधबारको खेल
बुधबार एउटा मात्र खेल हुँदैछ । राति ८ः१५ बजे कोलकाता नाइट राइडर्सले होम ग्राउन्डमा किंगस इलेभेन पञ्जाबसंग खेल्दैछ ।
पहिलो खेलमा कोलकाताले सनराइजर्स हैदाराबादलाई ६ विकेटले हराएको थियो । त्यस्तै पञ्जाबले राजस्थान रोयल्सलाई १४ रनले हराएको थियो ।