arrow

भारतको लोकसभा चुनावको नतीजा ५ दिन धकेलिने, अब २८ मेमा नतीजा

logo
प्रकाशित २०७५ चैत १६ शनिबार
loksabha4.jpg

नयाँ दिल्ली । विपक्षी दलद्वारा ईवीएम र वीवीपेट पर्चीहरुको मिलान ५० प्रतिशतसम्म बढाउनको लागि माग गरेपछि भारतो लोकसभा चुनाव ५ दिनको लागि धकेलिने भएको छ।  विपक्षीले सो पर्चीहरु बढाउनको लागि माग गरेको छ । त्यो चुनाव आयोगले स्वीकार्ने लक्षण देखिएसँगै यसले चुनावको रिजल्ट भने ५ दिन धकेलिने भएको हो । 

चुनाव आयोगले शुक्रवार सुप्रीम कोर्टलाई यो जानकारी दिएको छ कि २१ विपक्षी दलका नेताहरुले कोर्टमा याचिका दाखिल गरेर माग गरेका थिए कि एक निर्वाचन क्षेत्रमा कम्तिमा ५० प्रतिशत वीवीपेट पर्चीहरु मिलान गरियोस् । ताकि चुनावी प्रक्रियाको शुद्धतामाथि आँच न आओस् । यसबारे सुप्रीम कोर्टले चुनाव आयोगसँग विचार गर्न भनेको थियो। 

सो आदेशको जवाफमा चुनाव आयोगले भनेको छ कि, 'यदि हर संसदीय या विधानसभाको क्षेत्रमा ५० प्रतिशत वीवीपेट पर्ची मिलान गरिन्छ भने यसद्वारा गणना गर्नको लागि समय थप लाग्नेछ । यसमा करिब ५ दिनभन्दा ज्यादा लाग्नसक्छ । यस्तो हो भने लोकसभा चुनाव २०१९ को नतिजा घोषणा २८ मे भन्दा अघि नहुने भएको हो । 

छैन कुनै अटोम्याटिक सिस्टम 
चुनाव आयोगले कोर्टलाई यो पनि भनेको छ कि अहिले कुनै पनि अटोम्याटिक रूपले पर्चीहरुलाई मिलाउने कुनै तरिका उपलब्ध छैन । आयोगले भनेको छ कि, 'अहिले कुनैपनि मकानिकल सिस्टम छैन । किनकी वीवीपेटबाट निस्किएको स्लिपमा कुनैपनि बारकोड लगाइएको छैन । चुनाव आयोगले अरु पनि कैयौं चुनौंतीहरु देखाएको छ । आयोगका अनुसार गन्नको लागि पनि अनुभवी र विश्वासिलो स्टाफ चाहिन्छ । यति मात्रै होइन यसको काउन्टिङ गर्नको लागि पनि ठूलो काउन्टिङ हलको समेत आवश्यकता पर्दछ । 

अहिलेको चालू व्यवस्था अनुसार चुनाव आयोग प्रत्येक क्षेत्रबाट कुनैपनि एक ईवीएम चुनेर त्यसको पर्चीहरुको मिलान गर्ने गरेको छ । अहिले देशमा कूल १० लाख ३५ हजार पोलिङ्ग स्टेशन छ । औसत एक निर्वाचन क्षेत्रमा २५० पोलिङ्ग स्टेशन छ। 



लोकप्रिय समाचार
नयाँ