- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । करीना कपुर र सैफ अली खानका छोरा तेमूर आफ्नो क्युटनेशका कारण चर्चामा छन् । तेमूरको इन्टरनेटमा एक तस्विर र भिडियो भाइरल भएको छ । तेमूरको लोकप्रियतालाई मध्यनजर गर्दै करीना-सैफले उनलाई चलचित्रमा डेब्यू गराउने तयारी गरेका छन् । २ बर्षका तेमूर चाडै बलिउडमा कदम राख्दै छन् ।
मीडिया रिपोर्ट्सका अनुसार तेमूर करीनाको आगामी चलचित्र गुड न्यूजमा देखिने भएका हुन् । उनि यस चलचित्रमा १० मिनेट को क्यामियो रोलमा हुनेछन् । तेमूरले आफ्नो भुमिकाको लागि २ सीन शूट गरेका छन् । सो चलचित्रमा करीना लगायत अक्षय कुमार, किआरा आडवाणी र दिलजीत दोसांझ मुख्य भुमिकामा हुनेछन् ।
केहि समय पहिले चलचित्र सेट्सबाट किआरा र तेमूरको भिडियो भाइरल भएको थियो । तब तेमूर चलचित्रको सेटमा आमा करीनासँग भेटन गएको अनुमान गरिएको थियो । तर अब तेमूर सो समय आफ्नो सीन शूटको लागि गएको प्रष्ट भएको छ ।
सेटमा तेमूरले रामाइलप गरेको भिडियो सार्वजनिक भएको थियो । चलचित्रमा करीना र अक्षय ४ बर्षपछि देखिदै छन् । यो भन्दा पहिले दुवै चलचित्र गब्बर इज ब्याकमा देखिएका थिए । त्यस्तै दिलजीतसँग करीनाले चलचित्र उड्ता पन्जाबमा काम गरेकी थिइन् ।