arrow

सिटी र लिभरपुल दावेदार, दुई स्थानका लागि चारको टक्कर

logo
प्रकाशित २०७५ चैत २१ बिहिबार
mancity-liverpool.JPG

काठमाडौं। ईङल्याण्डको घरेलु फुटबल प्रतियोगिता प्रिमियर लिग रोमाञ्चक मोडमा पुगेको छ। ३२ हप्ताको खेल पछि म्यानचेस्टर सिटी शिर्ष स्थानमा रहेको छ। गत सत्रको बिजेता सिटी यसपाली पनि दावेदार रहेको छ।

सिटीको दावेदारीलाई लिभरपुलले चुनौती दिईरहेको छ। सिटीको ३२ खेलमा ८० अंक रहेको छ भने लिभरपुल ७९ अंक सहित दोस्रो स्थानमा रहेको छ।

फुटबल आफैमा अचम्मको खेल हो । खेलको नतिजाहरुलाई यस्तै हुन्छ भनेर भन्न सकिन्न । कमजोर आंकलन गरिएको टोलीले बलियो टोलीलाई हराईरहेको हुन्छ भने कतिपय अवसरमा बलियो मानिएका टोलीहरु निरिह बन्ने गरेका धेरै उदाहरणहरु छन्।

म्यानचेस्टर सिटीका बाँकी ६ खेलहरुमा म्यानचेस्टर युनाईटेड र टोटनह्याम हटस्पर्ससँगको खेलहरु रोमाञ्चक हुने अनुमान गरिएको छ। यी दुईसँगको खेलमा नतिजा जस्को पक्षमा जान सक्ने संभावना हुने हुनाले उपाधि दावेदारीमा सिधै फरक पार्ने छ ।

सिटीले स्पर्ससँग १० दिन भित्र ३ खेल खेल्नेछ । २ खेल च्याम्पयिन्स लिगको क्वार्टरपाईनल र १ प्रिमियर लिगको खेल रहेको छ। सिटीको अरु प्रिमियर लिगका खेलहरुमा लेस्टर सिटी, क्रिष्टल प्यालेस, बर्नली र ब्राइटनसँग रहेका छन्।

सबै टोली प्रिमियर लिग खेल्ने हुनाले कुनै पनि खेलमा सिटीका लागि अप्रत्यासित नतिजा आउन सक्छ । यसैबिच एफए कपको सेमिफाईनलमा ब्राइटनसँगको खेल पनि रहेको छ । जति धेरै फुटबल उती धेरै थकान एवं खेलाडी घाईते हुने संभावना बढ्ने हुनाले पनि टोलीमा असर गर्ने छ । थकान, घाईतेबाट बचाउँदै टोलीलाई अघि बढाउँदै लानु पेप ग्वार्डियोलाका लागि चुनौती हुने छ।

लिभरपुलको पनि उपाधि होडमा रहेको छ । लिभरपुलका लागि प्रिमियर लिगका बाँकी खेलहरुमा चुनौती उस्तै रहेका छन्। चेल्सीसँगको खेल निर्णायक हुने देखिए पनि नयाँ टोली उल्व्ससँगको अन्तिम खेल अझ निर्णायक र महत्वपुर्ण हुने देखिन्छ । उल्व्सले राम्रो प्रदर्शन कायम राखेको छ। सातौं स्थानमा रहेको उल्व्सले कुनै पनि समय नतिजा आफ्नो पक्षमा पार्न सक्ने खुबी राख्दछ।

लिभरपुलका बाँकी खेलहरु हडर्सफिल्ड, कार्डिफ, साउथ्याम्पटन र न्युक्यासलसँग रहेको छ। चेल्सी र उल्व्सको तुलनामा कमजोर मानिएका टोलीहरुसँग लिभरपुलले पुर्णांक ल्याउने संभावना रहने छ । यसरी चेल्सी र उल्व्ससँगको खेल निर्नायक मानिए पनि सिटीका लागि म्यानचेस्टर युनाईटेड, स्पर्स र लेस्टरसँगका खेलहरु तनावयुक्त रहने छ । 

लिभरपुलको च्याम्पियन्स लिग खेलको क्वार्टरफाईनल खेल पोर्टोसँग रहेको छ। लिभरपुलका लागि पनि च्याम्पियन्स लिग खेल र प्रिमियर लिग खेलका बिच तालमेल मिलाउने चुनौती हुनेछ । घाइते र थकानबाट आफुलाई बचाएर अगाडि बढ्न सके नतिजा आफ्नो पक्षमा रहन सक्ने छ ।

गत सत्रको च्यापियन्स लिग फाईनलिस्ट लिभरपुलको आँखा गत सत्र हात पार्न नसकेको उपाधिमा रहने नै छ भने प्रिमियर लिगको उपाधिका लागि पनि प्रयासरत रहेको छ।

कुनै ठुलो उतारचढाव आएन भने पहिलो चार स्थानमा म्यानचेस्टर सिटी र लिभरपुल बाहेक ४ टोलीले २ स्थानमा प्रतिस्पर्धा गर्ने छन्। २ स्थानका लागि स्पर्स, आर्सनल, चेल्सी र म्यानचेस्टर युनाईटेड रहेका छन्।

तेस्रो स्थानमा रहेको स्पर्सले ३२ खेलमा ६४ अंक रहेको छ । त्यसैगरि ३१ खेलमा ६३ अंक सहित आर्सनल चौथो स्थानमा रहेकोछ भने चेल्सी ३२ खेलमा ६३ अंक सहित पाँचौ स्थानमा रहेको छ। म्यानचेस्टर युनाइटेड ३२ खेलमा ६१ अंक सहित छैठौं स्थानमा रहेको छ।

यसैगरि रेलिगेट हुने टोलीमा हडर्सफिल्ड टाउन पक्का भैसकेको छ भने १८औं र १९औं स्थानमा कार्डिफ र फुलह्याम रहेका छन्।

   

 



लोकप्रिय समाचार
नयाँ