arrow

नेकपा र राप्रपाका नाम चलेका नेता कांग्रेसमा प्रवेश

logo
विजय सन्तोषी राई,
प्रकाशित २०७६ वैशाख ९ सोमबार
dhankuta-neta.JPG

धनकुटा ।  विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर धनकुटामा अहिले बढेर गएको छ ।  धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकाको मूर्तीढुंगा लगायतका विभिन्न क्षेत्रहरुबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राप्रपा संयूक्तका नाम चलेका नेताहरु पार्टी परीत्याग गरी नेपाली कांग्रेसमा सोमबार प्रवेश गरेका हुन् ।

पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेमा  राप्रपाका युवा नेता खगेन्द्र मादेन, कृष्णराज मादेन, इन्द्र वहादुर मादेन, प्रेम मादेन, लक्ष्मण काफ्ले, राम वहादुर काफ्ले, भुवन देवी श्रेष्ठ रहेका छन् । त्यस्तै नेकपाका अमर वहादुर नेपाली, कमल विकलाई नेपाली कांग्रेस जिल्ला सभापती अग्नी प्रसादले सदस्यता प्रदान गरे ।

कार्यक्रममा महासमित सदस्यहरु आनन्द सन्तोषी राई, घनेन्द्रराज श्रेष्ठ, इन्दिरा थापा, सचिव बिजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, नेता राजजी कोङरेन, जिल्ला सदस्यहरु खेम पौडेल, मोहन तेयुङ्ग, लेखनाथ पौडेल, राजेन्द्र पौडेल लागायतका नेताहरुले नव प्रवेशीहरुलाई नेपाली कांग्रेसमा स्वागत गरेका थिए ।

यसअघि पनि धनकुटा जिल्लाका विभिन्न तहरुबाट विभिन्न पार्टीहरु परित्याग गरी नेपाली कांग्रेसमा दर्जनौ प्रवेश गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ