arrow

कसले हात पार्‍यो मुसिकोटमा ५० हजारको उपाधी

logo
कौरव खत्री,
प्रकाशित २०७६ वैशाख १० मंगलबार
musikot1.jpg

गुल्मी। मुसिकोट नगर खेलकुद विकास समिति मुसिकोट नगरपालिका गुल्मीद्धारा आयोजित मुसिकोट नगर रनिङ्गकप वडा स्तरीय भलिवल प्रतियोगिता आइतवार वामीटक्सारमा सम्पन्न भएको छ।समापन समारोहमा बोल्दै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका नगर उपप्रमुख कमला शर्माले खेलकुदको विकास गर्नका नगरपालिका सधै तयार रहेको भन्दै खेल जीवनसँग जोडिएकोले खेलाडीहरु अनुशासित भएर खेललाई अगाडी बढाउन खेलाडीलाई आग्रह गरिन।

साथै उपप्रमुख शर्माले नगर खेलकुद विकास  समितिले भावी दिनमा खेलकुदका कार्यक्रमहरुमा पुरुष तथा महिलाहरुलाई समेत समान अवसर दिनुपर्नेमा जोड दिदै खेलकुदले प्रतिस्पर्धाको क्षमतामा वृद्धि हुने बताइन। साथै सोही अवसरमा मुसिकोट नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष प्रकाश काफ्ले, वडा नं. ८ का वडाअध्यक्ष नारायण सापकोटाले शुभकामना मन्तव्य राखेका थिए।

भलिवल प्रतियोगितामा  नगरभित्रका  २३ समूहको सहभागिता रहेको मुसिकोट नगर रनिङ्गकप प्रतियोगितामा मुसिकोट नगरपालिका १ गुल्मीले नगद रु. ५० हजार,टफी मेडल र प्रमाण पत्र सहित प्रथम पुरस्कार हात पारेको छ ।भने मुसिकोट नगरपालिका ८ गुल्मीले नगद रु.३०हजार टफी, मेडल र प्रमाण पत्र सहित द्धितीय पुरस्कार हात पारेको छ। यस्तै मुसिकोट नगरपलिका ६ गुल्मीले नगद २० हजार टफी, मेडल र प्रमाण पत्र सहित तृतीय पुरस्कार हात पारेको छ।

साथै भलिवल खेलमा मुनपा १ का खेलाडी राजेश कुँवरले उत्कृष्ट  स्पाइकर घोषित भएका छन् भने सोही वडाका खेलाडी कृष्ण प्रताप केसीले उत्कृष्ट ब्लकरको रुपमा घोषित भएका छन् यस्तै मुनपा ५का खेलाडी कृष्ण परियार उत्कृष्ट लिफ्टर घोषित भएका छन्।

साथै मुनपा ८ का खेलाडी सन्दिप विक उत्कृष्ट खेलाडी घोषित भएका छन् मुनपा ४का खेलाडी कृष्ण दर्लामी उत्कृष्ट डिफेण्डरमा घोषित भएका छन् मुनपा ६का खेलाडी सन्दिप भर्ताल अनुशासित खेलाडी घोषित भएका छन्  विभिन्न विधाबाट उत्कृष्ट हुने खेलाडीहरुलाई टफी र प्रमाण पत्रले सम्मान गरिएको थियो।

समापन कार्यक्रम नगर खेलकुद विकास समिति मुसिकोट नगरपालिका गुल्मीका अध्यक्ष नविन कक्षापतिको अध्यक्षता मुसिकोट नगरपालिकाका नगर उपप्रमुख कमला शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रम नगर खेलकुद विकास  समितिका उपाध्यक्ष प्रकाश नेपालीको स्वागत मन्तव्य सँगै शुरु गरिएको कार्यक्रमको सञ्चालन भने नगर खेलकुद विकास  समितिका सचिव बिमल छन्त्यालले गरेका थिए।

‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल  नारा सहित विहिवार देखि मुसिकोट नगरपालिका वडा नं.७ वामीटक्सारमा शुरु गरिएको सञ्चालन गरिएको भलिवल खेल आइतवार सम्पन्न भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ