काउन्टरबाट १५ लाख चोरेर भारततिर भागे आधा दर्जन चोर

प्रकाशित मिति : २०७६ बैशाख १२ बिहिबार
तस्वीर – सांकेतिक

सर्लाही । सदरमुकाम मलङ्गवास्थित मुख्य बजार क्षेत्रको मध्यभागमा रहेको एएस डिपार्टमेन्ट स्टोरबाट रु १५ लाख चोरी भएको छ । स्थानीय शङ्कर चौधरीले सञ्चालन गरेको स्टोरबाट बुधबार छ जनाको समूहमा आएका चोरले सटरमाथि तानेर काउन्टरमा राखिएको रु १५ लाख चोरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।     
     
बुधबार चोर सटर तानेर भित्र पसेको र काउन्टरमा राखिएको रकम मात्र लिएर फरार भएको सीसीटिभी फुटेजमा देखिएको प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले जानकारी दिए । 

छ जनाको समूहले चोरी गरेको सीसीटिभी फुटेजमा देखिएको छ । सटर तानेको ठाउँमा पाँचजना बाहिर बसेको र एकजनाले पैसा झिकेपछि भागेको सीसीटिभी फुटेजमा देखिन्छ ।     
     
चोरको समूह पैसा चोरेर गोरखकालीको बाटो हुँदै भारतीय क्षेत्रमा प्रवेश गरेको नेपाल प्रहरीले सीमा नाका नजिक लगाएको सीसीटिभी फुटेजमा देखिएको प्रहरी उपरीक्षक भट्टराईले बताए ।

चोरीको घटना सम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको उनले बताउनुभयो । सामान अर्डर दिएका व्यापारीलाई दिन राखिएको पैसा चोरी भएको स्टोरका सञ्चालक शङ्कर चौधरीले बताए । 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ