arrow

बझाङमा संसदको झलक

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७६ वैशाख १२ बिहिबार
yuwa_sansad_(1).jpg

बझाङ । जिल्ला समन्वय समितीको सभाहलमा सभामुख , प्रधानमन्त्री , राष्ट्रपती , मन्त्रीहरुका साथै प्रतिपक्ष दलका नामलिष्टहरु अगाडी राखेर संसद जस्तै सभाहल बनाइएको थियो । सभामुख रमा परियारले रुलिङ्ग गर्दै शुन्य समय,  बिषेस समय, नमुना युवा माननिय सांसदहरुलाई आफ्ना प्रश्नहरु राख्न लगाएकी थिइन् । संसदहरुको प्रश्नको जवाफका लागी सम्बन्धित मन्त्रालयका मन्त्रीहरु र प्रधानमन्त्रीलाई बोल्न लगाएको दृष्यले  हल भित्रको परिबेस हेर्दा काठमाण्डौको संसद भवन भित्रको झलक जस्तै देखिन्थ्यो ।
 
 यहाँ  कुनै संसद सञ्चालन भएको त थिएन तर संसदीय अभ्यास , मूल्य मान्यता बिधि प्रकृया अबलम्बन गरेर संसद चलाएको देख्दा संसदीय छाँया देखिन्थ्यो ।  राष्ट्रिय  युवा परिषदको सहयोगमा जयपृथ्बी नगरपालिकाको आयोजनामा जिल्लामा पहिलो पटक नगर नमुना युवा संसद सञ्चालन हुदा यहाँका युवाहरुले संसदीय अभ्यास गरेका हुन् ।

चार दिन अगाडी देखि सञ्चालन गरेको नमुना युवा संसद स्थापना र अभ्यास कार्यक्रम अन्र्तरगत यहाँका युवाहरुले नमुना संसद चलाएका हुन् । देशको राजनितीक परिबर्तनमा युवाहरुको ठूलो योगदान रहेको र भबिस्यमा युवाहरुले नै देशको शासन सत्ता समाल्ने भएकाले राजनितीक संस्कार सिक्नका साथै संसदको भुमिका , उनिहरुको नागरिक प्रतिको जिम्मेवारी , संसदीय अभ्यास , ऐन कानुन बनाउने तरिका  अबगत होस भन्ने आसयले नमुना युवा संसद चलाएको सहकर्ता प्रबिन्द्र धामीले बताए ।

बझाङ जिल्लामा सञ्चालन भएको नगर नमुना युवा संसदमा प्रधानमन्त्रीको भुमिका सुमन बिष्टले गरेका थिए भने अन्य नौ वटा मन्त्रालयका लागी पनि युवाहरुलाई मन्त्रीको भुमिका दिइएको थियो । तीनदेखि नमुना संसदको अभ्यास गरि रहेका युवाहरुले बुधबार प्रतक्षरुपमा नमुना अभ्यास गरेर संसद सञ्चालन गर्दा कार्यक्रममा सहभागी भएका अन्य अतिथीहरुले पनि युवाले देखाएको संसदीय अभ्यास प्रतक्ष भएजस्तो महसुस गरेका थिए ।

 कार्यक्रममा सहभागी जयपृथ्बी नगरपालिका प्रमुख बिरेन्द्र बहादुर खड्काले भने, युवाहरुले काठमाण्डौंमा हुने संसदको प्रतक्ष झ–झल्को महसुस गराउनुका साथै सबैले आ– आफ्नो जिम्मेबारी राम्रो संग प्रस्तुत गरेको देख्दा खुसी लागेको छ  ।  नमुना युवा संसदीय अभ्यासमा सहभागी भएका युवा संसदकी सभामुखको जिम्मेबारी पाएकी रमा परियारले टिभीमा हेर्दा सभामुखले गर्ने काम देखेकी थिए तर आज नमुनाको रुपमा भएपनि प्रतक्ष रुपमा सभामुख भएर संसद चलाउदा केही बिधी , प्रकृया थाहाँ भएको र आत्मबल बढेको समेत बताइन्।

 गत बर्षमा संघय युवा संसद समेत चलाएको राष्ट्रिय युवा परिषदले  सात वटै प्रदेशमा,  देश भरिका ७७ जिल्लाका सदरमुकाम भएका पालिकाहरुमा नमुना युवा संसदको स्थापना र अभ्यास गराउने कार्यक्रम गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ