arrow

धनकुटामा दर्जन बढि पूर्वमन्त्री तथा कांग्रेस नेताहरु

logo
प्रकाशित २०७६ वैशाख १२ बिहिबार

धनकुटा । पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहसहित दर्जन बढि पूर्वमन्त्री तथा केन्द्रीय सदस्यहरु भोली बैशाख १३ गते धनकुटा आउने भएका छन् ।

नेपाली कांग्रेसका पूर्व महामन्त्री सिंहसहित ,केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीहरु बलबहादुर केसी,  पूर्वमन्त्री हृदयराम थानी, पूर्वमन्त्री राजन केसी , पूर्वमन्त्री सरिता प्रसाइ, पूर्वमन्त्री दिपक खड्का धनकुटा आउने भएका हुन् ।

साथै नेपाली कांग्रेसका जिल्ला सभापतिहरु काठमाडौका सभापति सुवोध बानिँया, इलामका सभापति हिमाल कर्मचार्य, पाथथरका सभापति नरेन्द्र कुमार केरुङ्ग ,उदयपुर सभापति विदुर बस्नेत, खोटाङ्ग सभापति नरेश श्रेष्ठ, पूर्व सांसद तथा नेपाल आदिवासी जनजाती महासंघका पूर्व केन्द्रीय अध्यक्ष नरेन्द्र कुमाल, नेविसंघ केन्द्रीय समितिका पूर्व प्रवक्तायूपी लामिछाने लगायतका नेताहरु  धनकुटा आउने नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले वताए।

१ नम्वर प्रदेशको कोषका पहाडी जिल्लाको भ्रमणको सिलसिलामा केन्द्रीय नेताहरु धनकुटा आउने भएका हुन् । हालै निधन भएका नेपाली कांग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष रामकृष्ण ताम्राकारको १३ गतेसम्म पार्टीले  शोक मनाउने भएकोले धनकटामा कुनै पनि औपचारीक कार्यक्रमहरु भने नहुने जनाइएको छ ।  

बैशाख १४ गतेबाट मात्र पूर्व पहाडी जिल्लाको तेह्थुमबाट आमसभाहरु शुरु हुने समेत नेपाली कांग्रेस धनकुटाका सचिब बिजयसन्तोषी राईले जानकारी  दिए ।

नेपाली कांग्रेस धनकुटाको पार्टी कार्यालयमा शुक्रबार पार्टी नेता कार्यकर्ताहरु, कांग्रेस निकट  भातृ तथा शुवेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधी र पत्रकारसंग  अनौपचारीक रुपमा मात्र भेटघाट गरिने भएको छ।  शोकका कारण नेपाली कांग्रेस धनकुटाले  समेत कुनै पनी  औपचारीक  कार्यक्रम राखेको छैन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ