- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रेममा मान्छे पागल हुन्छ भन्छन् । आकाशका तारा झारिदिने आश्वासन दिन्छन् ।
तर बेलायतको लंडनका एक प्रेमीले भने फिल्म देखाउन प्रेमिकालाई लैजान गज्जबको सर्त राखेका छन् ।
साइरिल सोकपोरले आफ्नी प्रेमिका क्यामिला रोजमाथि नियम बनाएका हुन् । साकपोरले भनेका छन् – फिल्म हेर्ने समयमा न त तिमीले केही खाने छौ न त केही पिउने छौ । पपकर्नका लागि पनि म लाइनमा बस्ने छैन ।
क्यामिलाले प्रेमीको उक्त सर्तलाई सामाजिक संजालमा पोष्ट गरेपछि सार्वजनिक भएको हो ।
साइरिलले बनाएको यो नियमको प्रशंसा पनि गरिएको छ । साइरिल र क्यामिला एभेन्जर्सः एन्ड गेम फिल्म हेर्न गएका थिए । क्यामिलाको १८ महिनाको बच्क्चा पनि छ ।
फिल्म हेर्न उनले चार वटा नियम नै बनाएका छन् । फिल्म हेर्दा केही खान नपाइने तर पानी पिउन सक्ने उल्लेख छ ।
फिल्म वा ट्रेलरका समयमा बोल्न पनि नपाइने नियम उनले लगाएका छन् । (एजेन्सीको सहयोगमा)