arrow

पौडी खेल्ने क्रममा पानीमा डुबेर दुई बालकको मृत्यु

logo
प्रकाशित २०७६ वैशाख १५ आइतबार
drowning.jpg

सर्लाही । सर्लाहीको बेग्लाबेग्लै स्थानमा गर्मी छल्न पौडी खेल्नेक्रममा पानीमा डुबेर शनिबार दुई बालकको ज्यान गएको छ । 

जिल्लाको उत्तर–पूर्वी  भेगस्थित ईश्वरपुर नगरपालिका–९ कुरैनियामा स्थानीय बिजय माझीका ५ वर्षीय छोरा विकास माझीको घर नजिकैको बाँधमा डुबेर ज्यान गएको हो । 

बाख्रा चराउन गएका बालकको पक्की बाँधमा डुबेर घटनास्थलमै ज्यान गएको हो । यस्तै, जिल्लाको दक्षिण–पश्चिम भेगमा पर्ने बरहथवा नगरपालिका–१, हजरियास्थित बागमती नदीको खर्साल घाटमा डुबेर स्थानीय उद्धव परियारका ८ वर्षीय छोरा सुशान्त कुमार परियारको घटनास्थलमै ज्यान गएको स्थानीयवासीले बताएका छन् । 

अत्यधिक गर्मी भएपछि सुशान्त साथीहरुसँगै पौडी खेल्न बागमती नदीमा पुगेका थिए । दुवै बालकको शव पोष्टमार्टमका लागि शनिबार साँझ जिल्ला अस्पताल मलङ्गवा लगिएको प्रहरीले जनाएको छ । 

गर्मी छल्न खोला, नदी, नहरजस्ता जलासयमा पौडी खेल्ने क्रममा तराईका जिल्लामा वर्षेनी धेरै बालबालिकाले ज्यान गुमाउँदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ