arrow

असईको षड्यन्त्रले गाउँलेहरु आतंकित, होहल्ला भएको निवेदन गर्दा यौन दुव्र्यवहारको आरोप

logo
प्रकाशित २०७६ वैशाख १५ आइतबार
gau2.jpg

रंगेली । मोरङ्गको रतुवामाई नगरपालिका ३ र्मिचाडागी टोलका स्थानियबासी प्रहरी चौकी महादेवाबाट आतंकित बनेका छन् ।

शान्ति, सुरक्षा पाउने आशा गरिएको प्रहरी चौकीका प्रमुखबाटै योजनावद्ध रुपमा गाउँलेहरुमाथि षड्यन्त्र हुन थालेपछि स्थानियबासी आतंकित बनेका हुन् ।

 घटना अनुसार गत चैत २३ गते शनिवारका दिन रतुवामाई नगरपालिका ३ बस्ने रमेश हरिजनले राति ८ बजे मादक पदार्थ सेवन गरेको अवस्थामा गाउँमा हो हल्ला गर्दै सामाजिक सदभाव बिगार्ने शव्द प्रयोग गर्न थालेपछि दजनौ संख्यामा रहेका स्थानियले रमेशलाई सम्झाउने प्रयास गर्दा समेत नटेरेपछि गाउँलेले इलाका प्रहरी कार्यालय सिजुवालाई खवर गरी घटनाबारे जानकारी गराएका थिए ।

 तर त्यतिकैमा गाउँलेसंग रमेशको घम्साघम्सी परेपछि उनकी पत्नी, आमा बुच्नुन देवी हरिजन र दाजु दिलिप समेत आई गाउँलेसंग विवाद गरी झगडा गरेका थिए । 

सोही घटनामा रमेशकी पत्नीले घटनाको भोलिपल्ट प्रहरी सामु आफुमाथि यौन दुव्र्यवहार भएको आरोप लगाएपछि प्रहरीले आफुहरुलाई दुःख दिएको लक्ष्मण प्रसाद सिंहले बताए ।


 
उनले भने– रमेशले गाउँमा रक्सी खाएर सार्वजनिक रुपमा जातिय नारा लगाएपछि गाउँलेले सम्झाउँदा पनि नमानेपछि हामीले सिजुवा थानालाई खवर गरी रक्सी खाएको मेडिकल गर्नुपर्छ भनेका थियौं तर प्रहरी चौकी छालगाछी महादेवाका चौकी प्रमुख सदानन्द यादवको नेतृत्वको टोली घटना स्थलमा पुगी गाउँलेमाथि नै बन्दुक तेर्साउँदै आतंकित बनाउने कार्य गरे ।’
 
उनले अगाडि थपे, ‘अझ हामीले घटनाको भोलीपल्ट आईतबार गाउँमा अशान्ति मच्चाएको भनी प्रहरी चौकीमा रमेशमाथि कार्वाहीका लागी निवेदन दिन गएका थियौं तर असई साब सदानन्द कुमार यादवले उल्टै बलात्कारको आरोपमा तिमीहरुमाथि मुद्दा हाल्छु भनी धम्काएको र नभन्दै रमेशको पत्नीले मसहित मेरो बाबु गान्धी प्रसाद सिंह र विनोद कुमार सिंहमाथि यौन दुरव्यवहार मुद्दा चलाउन खोजियो ।’
 
गाउँमा विवाद भएपछि इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरिक्षक मान प्रसाद श्रेष्ठ सरलाई फोन गरेर घटनाको जानकारी गराएको रतुवामाई नगरपालिका वडा नं ३ का वडाध्यक्ष बुलेन देव प्रसाद सिंहले बताए । 

घटनाको वास्तविकता एकातिर छ तर राजनैतिक रुपमा साढेको जुधाईमा बाछोको मिचाई झै गाउँलेलाई आतंकित बनाउने काम भएको वडाअध्यक्षको भनाई रहेको छ । 

राती प्रहरी चौकीले रमेश हरिजन सहित उनकी पत्नी, आमा बुच्नुन हरिजन र दाजु दिलिपलाई गाउँबाट लगेको थियो । तर विहान रमेशकी पत्नीले चोलो च्यातिएको देखाउँदै आफुमाथि यौन दुव्र्यवहार भएको भन्दै सिजुवा थाना पुगेकी थिईन ।

सोही विवादमा राजनीति भएपछि सिजुवाका प्रहरी निरिक्षक श्रेष्ठ जिल्ला तानिनु परेको बताए ।  रतुवामाई नगरपालिकाकी उपमेयर सहित स्थानिय केही व्यतिmहरुले घटनालाई राजनैतिक रुप दिएकाले यथाथ घटना बाहिन आउन नसकेको स्थानियको आरोप छ ।

 स्थानियबासी नगेन्द्र प्रसाद सिंहले घटनाको सत्यतथ्य छानविन गरी अपराध गरेको छ भने दोेषि माथी कार्वाही हुनुपर्छ नभए न्याय पाउनु पर्छ प्रहरीले षड्यन्त्र गरी महिलालाई प्रयोग गरेर गाउलेलाई झुठो कुरामा आतंकित बनाउन नहुने बताए । 

पिडीत भनिएका रमेशकी पत्नी पक्षले शुरुमा बाबु छोराद्धय गान्धी प्रसाद सिंह, लक्ष्मण सिंह र विनोद कुमार सिंह माथी जवरजस्ती करणी उद्योगमा उजुरी गर्न खोजेको तर पछि बाबु छोरामाथि नै करणी उद्योगमा मुद्दा नमिल्दो देखेर छोरा लक्ष्मणको नाम हटाएर आफ्नो समेत नाम थपेर मुुद्दा गर्न लागेको चन्दन प्रसाद सिंहले बताए ।

 घटनाको दिन आफू साँझ झापा गौरीगन्ज मामा ससुरालीको घरबाट गाउँ आउँदा गाउँमा होल्ला सुनेर पुगेको तर यौन दुरव्यवहारमा आफ्नो नाम सहितको समाचार पत्रिकामा पढ्दा छक्क परेको उनले बताए ।
 
सो घटनापछि विवादमा तानिएका प्रहरी सहायक निरीक्षक एवं प्रहरी चौकी छालगाछी महादेव इन्चार्ज सदानन्द यादवसंग घटनाबारे बुझ्दा चौकीमा परेको उजुरीका विपक्षीहरुलाई बोलाउन हल्दार साब सहित ३ जना प्रहरी सो गाऊ पुगेको र पानी परिरहेको मौसमले गर्दा चौकी फर्किदा रमेशको घरमा बसेर रक्सी नभई चियापानी खाएर फर्किएको बताउँदै आफुले गान्धीको टयाक्टर समातेर भन्सार बुझाएकाले आफनो सरुवा गराउनकालागि आरोप लगाएको बताए । 

तर यौन दुरव्यवहारका आरोपित गान्धी प्रसाद सिंहका छोरा लक्ष्मण सिंहले असाई सदानन्द यादवले आफुलाई रमेश परिवारलाई १ कठ्ठा जग्गा र ५ लाख रुपैया दिए घटना मिलाई दिने आश्वासन दिएको बताए ।  

यता पीडित भनिएकी रमेशकी पत्नी भेट्नका लागि हाम्राकुराकर्मी घरमा पुग्दा घरमा एक नाबालिका बाहेक सम्बन्धीत व्यक्ति भेटिएनन् । 

असईमाथि नै गाउँलेको शंका
घटनाको दिन प्रहरी चौकी महादेवा छालगाछीका इन्चार्ज असई सदानन्द यादव सहित ३ जना जवान प्रहरी पोशाकमै विहान ११ बजेदेखि साँझ ५ बजेसम्म रमेशकै घरमा अण्डासहित मदिरा सेवन गरेर बसेको स्थानियले देखेका थिए ।

 दिनभरी मदिरा खाएर रमाइलो गरेपछि असई सदानन्द यादव सहित अन्य प्रहरी चौकी फर्किएका थिए । उनीहरु फर्किएपछि रमेशले करिव ७ बजेदेखि गाउँमा होहल्ला शुरु गरेका थिए ।

 मदिराले मातिएका रमेशले सो क्रममा गनगाईहरुको बाक्लो बस्ती रहेको ठाउँमा उनीहरुलाई लक्षित गरी सामाजिक सदभाव खलल पुग्ने भाषा प्रयोग गरेपछि सिजुवा थानामा स्थानियले फोन गरेर प्रहरीलाई बोलाएका थिए । 

तर डेढ किलोमिटर नजिक रहेको प्रहरी चौकीबाटै सदानन्द यादवकोे नेतृत्वमा सोही दिनभरी निज रमेशकै घरमा मदिरा सेवन गरेर गएका प्रहरी घटनास्थलमा पुगेपछि ती प्रहरीले उल्टै गाउँलेमाथि बन्दुक तेर्साएर धम्काएका थिए ।

 पछि गाउँलेहरुले मेडिकल गर्नुपर्छ भन्ने आवाज उठाएपछि असई सदानन्द यादवले रमेशसहित झमेला गर्ने उनका परिवारका बाबुबाहेक ४ जनालाई साँझ प्रहरीले चौकीतर्फ लिएर गएका थिए । 

तर विहान ८ बजे रमेशमाथि उजुरी गर्न गएका स्थानियलाई असईले उल्टै बलात्कार मुद्दा हाल्छु भनी धम्काउने काम गर्नु र नभन्दै महिलाले चोलो च्यातिएको देखाउँदै यौन दुरव्यवहारमा मुद्दा गर्न लाग्दा असईको षड्यन्त्रमा गाउँका मान्छे छानी छानी फसाउने काम भएको स्थानियको बुझाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ