- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली स्पीन बलर सन्दीप लामिछाने फ्लप भएको दिन उनको क्लब दिल्ली क्यापिटल्सले भने आइपीएल क्रिकेटमा सफलता हासिल गरेको छ ।
रोयल च्यालेन्जर्स बैंगलोर विरुद्धको आइतबारको खेल दिल्लीले १६ रनले जितेको हो । दिल्लीमा भएको खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले ५ विकेटको नोक्सानीमा १८७ रन बनायो ।
कप्तान श्रेयस ऐयर र शिखर धवनले अर्धसतक बनाए ।
जवाफमा बैंगलोरले ७ विकेटको नोक्सानीमा १७१ रन बनायो । पार्थिव पटेलले सर्वाधिक ३९ रन बनाए ।
कागिसो रबाडा र अमिता मिश्राले २–२ तथा इशान्त शर्मा, अक्षर पटेल र रुदरफोर्डले १–१ विकेट लिए । सन्दीप लामिछानेले मात्र विकेट लिएनन् ।
सन्दीपले ३ ओभर बलिङ गर्दै ३६ रन दिएका थिए । उनी सबैभन्दा खेलाडी समेत बने ।
यसअघि ५ खेलबाट ८ विकेट लिएका सन्दीपले यो पहिलो खेलमा विकेटविहिन हुन पुगेका हुन् ।
दिल्ली जितपछि १२ खेलबाट १६ अंकसहित शीर्ष स्थानमा पुगेको छ । दोस्रो स्थानको डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपर किंगसको पनि १६ अंक छ ।