arrow

२१ वर्षीया महिलाको हत्या, श्रीमानसहित तीन जना पक्राउ

logo
प्रकाशित २०७६ वैशाख १६ सोमबार
kapilbastu_district_map.png

तौलिहवा । कपिलवस्तुको बाणगङ्गा नगरपालिका–८ बालापुरमा स्थानीय २१ वर्षीया सुनिता थारूको हत्या भएको छ ।     
     
 सुनिताको हत्या गरी फालिएको अवस्थामा घर नजिकैको बाणगङ्गा खोला किनारमा सोमबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ । 

हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले मृतक सुनिताका श्रीमान् २१ वर्षीय सुरेश थारूसहित तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताए ।

पक्राउ परेका तीन जनाउपर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ