arrow

यस्तो अवस्थामा भेटियो एम १६ राइफल    

logo
प्रकाशित २०७६ वैशाख १६ सोमबार
rifle.jpg

विराटनगर । प्रहरीको एक टोलीले एम १६ राइफल मोरङको मिक्लाजुङ गाउँपालिका–६ बक्राह नुनसरी खोला किनारमा फेला पारेको छ ।     
     
 जिल्ला प्रहरी कार्यालय मोरङले आज दिएको जानकारीअनुसार एम १६ राइफल खिया लागेको म्यागजिन र ६ राउण्ड गोली खोलाको किनारमा गाडिएको अवस्थामा इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरीको टोलीले आइतबार फेला पारेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ