arrow

यसकारण जनप्रतिनिधिले कार्यालयमा लगाए ताला

logo
प्रकाशित २०७६ वैशाख १६ सोमबार
Saptakoshi_Gaunpalika.png

सप्तरी । सप्तकोशी नगरपालिकाका जनप्रतिनिधिले निमित्त प्रमुख प्रशासकीय अधिकृत रामदेव चौधरीको कार्यकक्षमा तालाबन्दी गरेका छन् । नगर उपप्रमुख आशा चौधरीको नेतृत्वमा पुगेको वडाध्यक्षसहितको टोलीले जनप्रतिनिधिले जनताको काम रोकेको भन्दै तालाबन्दी गरेका हुन् । 

गत पुसदेखि निमित्त कार्यालय प्रमुख रहेका चौधरीले व्यक्तिगत अपेक्षा पूरा नभएपछि जनताको काम रोकी नगरपालिकाको कामकाज प्रभावित बनाएकाले कार्यकक्षमा तालाबन्दी गर्नुपरेको वडा नं १ का वडाध्यक्ष नारायण आचार्यले बताए । “काम नगरेकाले तालाबन्दी गरेका हौँ”, आचार्यले भने ।
     
 नगरपालिकाका कार्यालय प्रमुख राजकपुर चौलागाईं सरुवा भई अन्यत्र गएपछि शिक्षा शाखाका उपसचिव चौधरी निमित्त कार्यालय प्रमुख हुनुभएको थियो । वडा सदस्य जाहिर हुसेनका अनुसार चौधरी कार्यालय प्रमुख भएका बेलाका ३९ योजना र सम्झौता अधुरै छन् । 

प्रमुख प्रशासकीय अधिकृतका रुपमा चैत १८ गते कार्यालयमा हाजिर भएलगत्तै वासुदेव रेग्मीले पनि चौधरीलाई नै निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिएर बिदामा बसेका छन् । 

रेग्मीले पुराना मितिका फाइल तत्कालीन निमित्त कार्यालय प्रमुखले सम्पन्न गर्नुपर्ने र आफू हाजिर भएपछिका फाइलको जिम्मेवारी मात्र आफूले लिने भन्दै बिदामा बसेको जनप्रतिनिधिको भनाइ छ । 

निमित्त कार्यालय प्रमुख चौधरीले नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भइसकेको र आफूले आर्थिक कारोवार गर्ने अख्तियारी नपाएकाले काम गर्न नसकिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ