arrow

मानवमाथि गैंडाको आक्रमण, एकको मृत्यु

logo
प्रकाशित २०७६ वैशाख १७ मंगलबार
Rhino.jpg.jpeg

चितवन । भरतपुर महानगरपालिका–२८ भङ्गाहमा गैँडाको आक्रमणबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान निवासी ४६ वर्षीय खडेन्द्रकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।     
     
महतोलाई माछा मारी घर फर्कने क्रममा गैँडाले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गैँडाको आक्रमणबाट घाइते महतोको उपचारका क्रममा मंगलबार बिहान ३ः३० बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । 

महतोलाई गैँडाले सोमबार राति ९ बजे आक्रमण गरेको थियो ।     


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ