arrow

स्काभेटर कर्णाली नदी दुर्घटना

logo
प्रकाशित २०७६ वैशाख १७ मंगलबार
DhaneBohara_RSS_Humla_.jpg

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–५मा रहेको घुम्ने भिरमा कर्णाली करीडोरको सडक मर्मत गर्ने क्रममा मंगलबार बिहान स्काभेटर कर्णाली नदीमा दुर्घटना । खार्पुनाथ–५ स्थित कर्णली नदीको घुम्ने भिर नजिकैबाट स्काभेटर खसेको थियो ।

स्काभेटर चालकलाई उद्धार गरी खार्पुनाथ गाउँपालिकामा रहेको स्वास्थ्यचौकीमा प्राथमिक उपचार पछि थप उपचारका लागि  जिल्ला अस्पताल पठाइएको सोही गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीले जानकारी दिए ।

स्काभेटर नदीमा डुबेकाले निकाल्न नसकिएको उनको भनाइ थियो । चालक बुढाको छाती, मेरुदण्ड र टाउकोमा सामान्य चोट लागेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ