arrow

बाजुरामा बिस्फोटक पदार्थसहित विप्लप समुहका १० जना पक्राउ

logo
प्रकाशित २०७६ वैशाख १७ मंगलबार
photo_(1)_(1).jpg

बाजुरा । जिल्ला प्रहरी कार्यालय  बाजुराले विप्लव समुहका बाजुरा ईन्चार्ज सहित १० कार्यकर्ता पक्राउ गरेको छ । प्रहरी कार्यलय बाजुराबाट खटिएको प्रहरी टोलीलले बुढिगंगा नगरपालिकाका १ अम्कोटबाट मंगलवार विहान पक्राउ गरेको जिल्लाप्रहरी कार्यालयप्रमुख उद्धब सिं भाटले वताए ।

पक्राउ पर्नेमा बाजुरा ईन्चार्ज भुप्रेन्द्र विक, सचिब भरत थापा, जिल्ला कमिटी सदस्यअंगराज भण्डारी र पबित्रा बिक रहेका छन् । त्यसैगरी बिद्यार्थी कमिटिका गोरख रोकाया, समिक्षा बिक, सुशिला बिक, सुस्मिता बिक, केशातार बिक र प्रेम थापा रहेको प्रहरीले जनाएको छ । उनिहरुलाई मंगलवार बिहान ५ बजे प्रहरी प्रमुख उद्धब सिं भाटको नेतृवमा गएको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले पक्राउसँगै उनिहरुबाट डेटोनेटर २ वटा, हेन्डग्रिनेट २ वटा त्यस्तै २ पाकेट गन पाउडर बरामद गरेको वताइएको छ । त्यस्तै लाखै रकमचन्दा संकलन गरेको चन्दा रसिदपनि फेलापारेको प्रहरी प्रमुखभाटले वताएका छन् । प्रहरीले उनिहरु गाँउमागएर चन्दा संकलन गरिरहेको साथै बिप्लब समुहका बिभिन्न गतिबिधि गर्दै आएकोआधारमा उनिहरुको खोजी खोजी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका विप्लव समुहका कार्यक्रतालाई मुद्धा चलाउने जनाएको छ । उनिहरुलाई मुलुकीअपराध संहिता ऐन २०७४ को परिच्छेद ७ को दफा १ सय ३८ अनुसार बिस्फोटक पदार्थ सम्बन्धी कसुर ऐन लगाईने प्रहरी जनाएको छ । त्यस्तै दफा ५० अनुसार राज्यद्रोह मुद्धा चलाउने प्रहरी प्रमुख भाटले वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ