- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी स्वास्थमा समस्या आएपछि एक दिन अगाडि नै स्वदेश फर्कदै छिन् ।
नौ दिनका लागि गएकी राष्ट्रपति भण्डारी एक दिन अगाडि नै बुधबार स्वेदश फर्कन लागेकी हुन् ।
बैशाख ११ गते चीन गएकी भण्डारी बिहीबार (बैशाख १९ गते) फर्कने कार्यक्रम तय भएको थियो । मंगलबार ल्हासा पुगेकी उनी बुधबार ल्हासाबाट सोझै काठमाडौं आउन लागेकी हुन् ।
दोस्रो ‘बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन’मा सहभागी भएकी राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङसँग दुईपक्षीय भेटवार्तासमेत गरेकी थिइन् ।
दुई देशबीच विभिन्न ७ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।