arrow

संरक्षणको पखाईमा छेडेदह ताल

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७६ वैशाख १९ बिहिबार
chedaha_tal_photo.jpg

बझाङ(छान्ना) । बझाङको खप्तड छान्ना गाउँपालिकासँगै सिमा जोडिएको बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा रहेको पर्यटकीय छेडेदह ताल संरक्षण तथा प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । पर्यटकहरुका लागि आर्कषक गन्तब्यका रुपमा रहेको उक्त तालमा आवश्यक पूर्वाधारहरु तयार नहुदा यसको अस्थित्व समेत संकटमा पर्ने खतरा बढेको छ ।

आन्तरिक तथा बह्य पर्यटकहरुका लागि सहजरुपमा पुग्न सकिने यो ताल पछिल्लो समयमा संरक्षण तथा प्रचार प्रसारका लागि कुनै पहल नभए पछि यसको पर्यटकीय महत्व दिन प्रतिदिन घट्दै गएको छ ।  तालको बरिपरि उचित घेरबार ,  अन्य भैतिक पूर्वाधारहरु निर्माण नहुदा यो ताल पुरिने अबस्थामा आएको छ । तालको वरिपरि मानबिय कृयाकलापले फोहर हुनुका साथै ताल वरिपरि खुल्ला चरिचरनले ताल पुरिन सक्ने सम्भावना रहेको छ ।

 खप्तड छेडेदह गाउँपालिका –७ का स्थानीय गोरख रावतले भने , ‘तालमा आवश्यक पूर्वाधार निर्माण गर्न बिभिन्न निकायसँग समन्वय गरेको भएपनि कतैबाट सहयोग मिलेको छैन्’ । उनले भने, ‘यो ताल सुदूरपश्चिम प्रदेशका आर्कषक गन्तब्यहरु मध्येको एक हो, यसको बिकासका लागि प्रदेश तथा केन्द्रीय सरकार सँग पटक पटक माग गरेका भएपनि यसको बिकासका लागि कसैले पनि ध्यान दिएनन्’ ।

रावतले थपे ‘यो बर्ष गाउँपालिकाले ५ लाख रुपयाँ सहयोग गरेको छ त्यसबाट दुई वटा सौचालय,खानेपाली ,वनभोज खानेहरुका लागि भान्सा भाडाकुडा र होडिङ्गबोर्ड राख्ने तयारी समेत भएको छ’ ।  पछिल्लो समय बिभिन्न विद्यालय  तथा कर्मचारीहरुको बनभोज तथा घुम्नका लागि प्रमुख गन्तब्यका रुपमा बिकास हुन थालेको भएपनि स्थानीयबासीले यसको बिकासमा चासो देखाएका छैनन् । डाडाँ रिख खोला सामुदायिक बनको बिचमा रहेको यो ताल सम्म सड्क सञ्जाल समेत जोडिएको छ ।

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र खप्तड नजिकै रहेको यो तालको प्रचार प्रसार हुन सकेको छैन् । यो ताल बझाङ र बाजुरा जिल्लालाई जोड्ने प्रमुख सड्कको छेउमै रहेको छ । खप्तड घुम्न आउने पर्यटकहरुका लागि बझाङको खप्तड छान्ना गाउँपालिकाबाट यहाँ सम्म पुग्न छोटो सडक मार्ग रहेको छ । खप्तड घुम्न आउने पर्यटकहरुका लागि अवलोकन नगरि  नहुने गन्तब्यका रुपमा समेत रहेको छेडेदह ताल पर्यटकीय हिसावले मात्र होईन घार्मिक हिसावले पनि यसको महत्व अझै ब्यापक रहेको स्थानीयको भनाई छ ।

 खप्तड छेडेदहका स्थानीय धन बहादुर रावतले भने ‘तालको नजिकै रहेको खापर देवताको मन्दिर (माडु)मा पुजा गर्नाले सोचे अनुसारको फल प्राप्त हुन्छ’ । उनले ‘ मन्दिर(माडु)मा हरेक बर्ष दुई पटक पुजा आजा समेत गरिन्छ र यस क्षेत्रको प्रमुख देवताका रुपमा रहेको खपरको पुजा गर्नाले समयमै पानी पर्ने किसानहरुलाई राहत दिलाउने , छोरा नहुने छोरा हुने , संकट पर्दा देवताले सहयोग गर्ने घार्मिक बिश्वास रहेको छ ।

खप्तड छेडेदह गाउँपालिका अध्यक्ष मान बहादुर रावतले यो तालको बिकासका लागि आवश्यक पहल भईरहेको छ बताए । उनले यसको लागि योजना बनाई यसलाई ताल मात्र नभएर पार्क तथा पिक्नीक स्पोर्टका रुपमा समेत बिकास गरिनुका साथै स्थानीय सरकार सँग अलि बजेट अभाब भएकाले केन्द्र तथा प्रदेश सरकारले समेत सहयोग गरेको खण्डमा यसको थप बिकासमा सघाउ हुने धारणा राखे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ