arrow

श्रीमान कुटपिट गर्ने वडासदस्य अध्यक्षसँग सल्किएको आरोप

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७६ वैशाख २० शुक्रबार
shreemati.jpg

लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्वर ४ बाट निर्वाचित एक महिला वडा सदस्यले परपुरुषसँग अनैतिक सम्वन्ध राखेको आरोप लागेपछि विवाद बढेको छ।

वडा नम्वर ४ कि वडा सदस्य उर्मीला बगाले मगरले परपुरुषसँग अनैतिक सम्वन्ध राखेको भन्दै उनका श्रीमानले कृष्ण बगाले मगरले नगरपालिकाको न्यायिक समिति र प्रहरीमा उजुरी दिएपछि विवाद बढेको हो ।

वडा सदस्यको पुर्णीया सामुदायिक वनका अध्यक्ष जंगवहादुर थापामगरसँग अनैतिक सम्वन्ध रहेको भन्दै उर्मीलाका श्रीमानले श्रीमतीसँग सम्वन्धबिच्छेद गरि पाउँ भन्दै न्यायिक समितिमा उजुरी दिएका थिए । तर न्यायिक समितिमा विवाद बढ्दै गएपछि उक्त विवाद अहिले ईलाका प्रहरी कार्यालय लम्कीसम्म पुगेको छ।

न्यायिक समितिमा सम्वन्धविच्छेदको उजुरीमा मेलमिलाप गराउन पाउने भएपनि फैसला नै गर्ने अधिकार नभएकाले विवाद ईलाका प्रहरीसम्म पुगेको हो। स्थानीय वासिन्दाले वडा सदस्यको सामुदायिक वनका अध्यक्षसँग लामो समयदेखि अनैतिक सम्वन्ध भएपनि नगरपालिकाका जनप्रतिनिधिहरुले मिलाउन खोजेको आरोप लगाएका छन्। यता नगरपालिकाका मेयर महादेव बजगाईले भने सम्वन्ध विच्छेदको उजुरी न्यायिक समितिले नहेर्ने भएकाले ईलाका प्रहरी कार्यालयमा पठाएको बताए।

तत्कालिन समयमा नेकपा एमाले बाट वडा सदस्यमा निर्वाचित भएकी उर्मिलाले घरमा आफ्नो श्रीमानलाई समेत लामोसमय देखि अभद्र ब्यावहार गर्ने, श्रीमानको सम्पतिमा मोज गर्ने तर सम्बन्ध पर पुरुष सँग गर्ने गरेको स्थानियको समेत आरोप छ ।

 ३ छोरा छोरी समेत रहेका उर्मिलालाई घरमा श्रीमानले सम्झाउन खोजे उल्टै आफुमाथि हातपात गर्ने गरेको पिडित श्रीमान कृष्णले गुनासो गरेका छन् । आफु न्याय माग्नको लागि नगरपालिका, प्रहरीमा जादा समेत न्याय पाउन नसकेको बताउदै श्रीमति पिडित कृष्णले अब न्यायको लागि अदालत जाने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ