arrow

स्थानीय तहका कार्यालय असुरक्षित, डोटीमा वडा कार्यालय जलाइयो

logo
प्रकाश बम,
प्रकाशित २०७६ वैशाख २४ मंगलबार
doti-wada.jpg

डोटी । डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ४ मान्नाकापडीको  वडा कार्यालय अज्ञात समुहबाट राती  हिजो  जलाइएको छ ।

डोटी जिल्लाको दक्षिण क्षेत्रमा रहेको गाउँपालिकाको वडा कार्यालयको ढोका तोडफोड गरेर भित्र छिरी सामाग्रीहरु एक ठाउँमा जम्मा गरेर आगो लगाईएको वडा नम्बर ४ का वडा अध्यक्ष बिरेन्द्र बहादुर कोटकेनीले बताएका छन् ।

उनले भने ‘ वडा कार्यालय गाउँभन्दा अलि माथी छेउमाछ, धेरै टाढाँ पनि छैन् तर रातीको समयमा कार्यालयको ढोका फोडेर सबै सामाग्रीहरु एक ठाउँमा जम्मा गरेर सुनियोजित तरिकाले जलाएको हो सबै सामाग्रीहरु नस्ट गरिएको छ । ’ हिजो अस्तिका दिनहरुमा आफु वडा कार्यालयमा बसी सेवा प्रवाह गरिरहेको कसै संग त्यस्तो बिमती, बादबिवाद केही नभएकोले ढोषीलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने अध्यक्ष कोटकेनीले बताए ।

रातीको समयमा आयो लगाईएको भएपनि आज बिहान मात्र प्रहरीलाई जानकारी भएपछी ईलाका प्रहरी कार्यालय बिपीनगरबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटना स्थल तर्फ गईरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक बिद्यानन्द माझीले बताए ।

वडा कार्यालय जलाइयोभन्ने खबर सुन्दा दुखद खबर भएको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले बताए । उनले भने ‘वडा कार्यालय भनेको जनताको कार्यालय हो जनताका केही बिमतीहरु भए वडा आफ्नो जनप्रतिनिधी अध्यक्ष संग राख्ने हो यस बिषयमा गाउँपालिकाले टोली गठन गरि छानबिन गर्ने बताए । ’  आगो कसले लगायो, किन लगायो भन्ने बिषयमा केही पत्ता लागेको छैन् । घटना स्थल तर्फ प्रहरी गईरहेकोले अनुसन्धान पछी मात्र थाहा हुने वडा अध्यक्षले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ